गोर्बाचेभको अन्तिम बिदाइमा हजारौं सहभागी, पुटिन भने अनुपस्थित
नेपालबहस संवाददाता
भदौ १८, २०७९ आइतबार ४:२:०
१८ भदौ, काठमाडौं। शीतयुद्ध अन्त्य गर्न र सोभियत संघको विघटनलाई गति दिन कठोर सुधारको पहल गरेका पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभलाई श्रद्धाञ्जलि दिन शनिबार हजारौंको सङ्ख्यामा शोकसन्तप्त मानिसहरू लामबद्ध भएका छन् ।
क्रेमलिनले राजकीय अन्त्येष्टिको घोषणा गर्न इन्कार गर्नु गोर्बाचेभको ‘विरासत’को बारेमा उसको बेचैनीलाई प्रतिबिम्बित गरेको छ । गोर्भाचेभलाई कट्टर साम्यवादी शासनको विकल्पमा उभ्याएकोमा विश्व समुदायको मिश्रित प्रतिक्रिया रहने गरेको छ । कम्युनिष्ट समाजवादी धारले उनलाई सोभियत संघ बिघटनको दोषी मान्ने गरेको छ भने अमेरिकालगायगतका यूरोप प्रसंशा गर्ने गरेका छन् ।
सोभियत संघको पतन र त्यसपछिको आर्थिक मन्दीको लागि सोभियत संघमा धेरैले उनको आलोचना गर्नेगरेका छन् । उनको कदमले रूसी जनतालाई गरिबीमा डुबाएको बुझाई रूसीहरूको रहेको छ । गत बिहीबार पुटिनले मस्कोको एक अस्पतालमा गोर्बाचेभको कफिनमा निजी रुपमा पुष्पगुच्छा अर्पण गर्दै गोर्भाचेभको ‘अन्तिम विदाई’ गरेका थिए । क्रेमलिनले राष्ट्रपतिको व्यस्तताले उनी अन्त्येष्टि कार्यक्रममा सहभागी हुन नसक्ने बताएको छ ।
पुटिन कुन खास काममा व्यस्त रहेको भनी सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार पत्रकारहरूसँग भने, “राष्ट्रपति पुटिनले शृङ्खलाबद्ध बैठकहरू, अन्तर्राष्ट्रिय फोन कलहरू गर्नेछन् र अर्को हप्ता रूसको सुदूर पूर्वमा एक व्यापार मञ्चको लागि तयारीको कार्यक्रम छ ।
९१ वर्षको उमेरमा मंगलबार निधन भएका गोर्बाचेभलाई उनकी पत्नी रायसाको छेउमा रहेको मस्कोको नोभोडेभिची चिहानमा अन्त्येष्टि गरिनेछ । उनलाई हाउस अफ द युनियन्सको पिलर हलमा बिदाइ समारोहपछि अन्त्येष्टि गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घरबारबिहिनको संख्या साढे १८ प्रतिशतले बढ्यो, ७ लाख ७० हजार सडकमा
पुष १३, २०८१ शनिबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार