बेलायतमा प्रधानमन्त्री छनोटको स्पर्धा, पार्टी नेतृत्वको चुनाव सम्पन्न
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार १६:१४:४३
१९ भदौ, काठमाडौं। बेलायतमा कन्जरभेटिभ पार्टीको नेतृत्वको चुनावमा मतदान सम्पन्न भएको छ । भारतीय मूलका सांसद ऋषि सुनक र विदेशमन्त्री लिज ट्रसबीच नेतृत्वका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रारम्भिक सर्वेक्षणमा लिज बोरिस जोनसनको उत्तराधिकारी बन्ने देखिएको छ ।
विदेश मन्त्री ट्रस र पूर्वअर्थमन्त्री सुनक बीचको नतिजा सोमबार दिउँसो घोषणा गरिनेछ । नतिजा सार्वजनिक भएको भोलिपल्ट बोरिस जोनसनले औपचारिक रूपमा महारानी एलिजाबेथ द्वितीय समक्ष राजीनामा दिनेछन् । कन्जरभेटिभ पार्टीको नेता चयनको पक्रिया छनोट कार्य अगस्टबाट सुरु भएको थियो । छनोटका विभिन्न चरणमा अनुमानित २ लाख कन्जरभेटिभ पार्टीका सदस्यहरूले मतदान गरेका थिए ।
मतदानमा सुनकलाइभन्दा ४७ वर्षीय ट्रसलाई निरन्तर समर्थन गर्दै आएका छन् । उनले कर घटाउने र र आर्थिक वृद्धिलाई प्राथमिकता दिने अभियान गरेकी छिन । बेलायतले दशकौंपछिको उच्च मुद्रास्फीतिको सामना गरिरहेको छ र यस वर्षपछि मन्दीमा प्रवेश गर्ने संकेत गरिएको छ । ‘मसँग एउटा साहसी योजना छ जसले हाम्रो अर्थतन्त्रलाई बढाउँछ, उच्च पारिश्रमिक, परिवारहरूको लागि थप सुरक्षा र विश्व–स्तरीय सार्वजनिक सेवाहरू प्रदान गर्दछ’, ट्रसले एक विज्ञप्तिमा भनिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार