प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार १६:४२:३२
१९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । दुवैजनाबीच छलफल जारी रहेको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच बिहान ९ बजे छलफल भएको हो।
सत्ता गठबन्धनबीच आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट सम्बन्धमा करिब तीन सातादेखि छलफल हुँदै आएको छ । तर सहमति हुन सकेको छैन् ।
सत्ता गठबन्धनका प्रमुख दुई घटक दलका शीर्ष नेताबीच सिट बाँडफाँट सम्बन्धमा छलफल केन्द्रित भएको बताइएको छ । आज अपरान्ह ३ बजे सिट बाँडफाँटबारे कार्यदलमा शीर्ष नेताहरूसहित छलफल देखि छलफल भइरहेको छ । उक्त छलफलअघि देउवा र प्रचण्डबीच छलफल भएको हो।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरे पनि घट्ने सम्भावना छ। सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुंग्याउने तयारी छ। कार्यदलमा जसपाले ३५, एकीकृत समाजवादीले ४० सिट दाबी गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार