मध्यरातमा डाका र प्रहरीबीच दोहोरो भिडन्त, २ जना घाइते
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार १७:२:४४
♦ इन्दिप कोइराला
१९ भदौ, बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका(२) भलुहीमा प्रहरी र डाकाबीच भएको दोहोर भिडन्त भएको छ । मध्यराति करिब १२ः०५ बजे एरोटेक प्रा.लि.मा दोहरो भिडन्त भएको हो ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका(२) भलुहीमा रहेको एरोटेक प्रा.लि. सिलिन्टर कम्पनीमा डाकाहरुको समुहले लुटपाट गरिरहेको सूचना पाएलगतै घटना स्थलमा प्रहरी पुगेको थियो । करिब २० जनाको समुहमा आएका डाकाहरुले उद्योग भित्र लुटपाट गरिरहेका बेला प्रहरी र डाकाबीच दोहोर भिडन्त भएको हो ।
दोहोर भिडन्तमा डाकाले एक राउन्ड र प्रहरीले तीन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । डाकाले चार राउन्ट फायर गरे पनि ३ राउन्ड नपड्केको र एक राउन्ड पड्केको थियो । प्रहरीले दोहोरो भिडन्तको क्रममा कटुवा पेस्तोल १ थान, एकनाले बन्दुक १ थान र गोली ३ थानसहित २ जना डाकालाई पक्राउ गरेको छ । प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका९९ छातापिपरा बस्ने जयराम पासवान र वडा नम्बर १० बलुवाबेहरा बस्ने जवाहिर महतोलाई पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।
दोहोरो भिडन्तको क्रममा वरिष्ठ प्रहरी नायव निरिक्षक (सई) कलाम शाही घाइते भएका छन् । डाका पक्रने क्रममा डाकाले प्रहार गरेको रडबाट शाही घाइते भएका हुन् । घाइते वरिष्ट प्रहरी नायव निरिक्षक शाहीको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यता दोहरो भिडन्तमा घाइते एक जना डाकाको अलपाइन अस्पताल सिमरामा उपचार भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौरमा मोबाइल चोरी गर्ने दुई जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती
मंसिर १४, २०८१ शुक्रबार
बारामा एकैदिन १० फरार प्रतिवादी पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य बढ्यो
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै लखन गाउँपालिका
मंसिर १४, २०८१ शुक्रबार