हिमचितुवा घिमिरे के वान वल्र्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार १७:०:५०
१९ भदौ , काठमाडौं । ‘के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ ।
जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा यही भदौ २६ गते आयोजना हुने ७० केजी तौल समूहको उक्त सेमिफाइनलमा ‘हिमालयन चितुवा’ नामले विश्वप्रसिद्ध घिमिरेले जोमथोङलाई रिङमा पराजित गरेमा उनी ‘के वान वल्र्ड च्याम्पियन’ उपाधिका लागि फाइनलमा पुग्नेछन् उनले फाइनलमा जापानका विश्वच्याम्पियन बक्सर वाजिमा हिरोमीसँग प्रतिष्पर्धा गर्नेछन् ।
हिमचितुवाले प्रशिक्षणका क्रममा आफ्नो सामाजिक सञ्जालमा प्रतिस्पर्धीले के–कति खेल खेलेको छ वा जित हासिल गरेको छ भन्दा पनि उसको कमजोरी पत्ता लगाई मेहेनतका साथ विगतका खेलको कमजोरीलाई दोहोरिन नदिई रिङमा उत्रने जानकारी दिए । उनले भने, “जस्तोसुकै प्रतिस्पर्धी भए पनि खेलमा कहिले पनि आत्मसमर्पण गरी झुक्दिनँ । मेरो लक्ष्य भनेको खेल जित्नु र नेपालको झण्डा फरफराउनु हो ।
मेरो खेल हेर्न उपस्थित नेपाली दर्शकको मलाई हौसला र प्रेरणा आवश्यक हुन्छ । हलमा उपस्थित नेपालीसहित अन्य दर्शकले गर्ने मायाले मलाई खेलमा जोश र थप ऊर्जा मिल्ने गर्दछ ।”
युवा पुस्ताका चर्चित २२ वर्षीय बक्सर हिमचितुवाले सानै उमेरदेखि ऐतिहासिक सफता हासिल गर्दै आइरहेका छन् । उनले हालसम्म १७ अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतिस्पर्धा भिडन्त गर्दा १३ प्रतियोगितामा नकआउटद्वारा र एक खेल अङ्कका आधारमा ऐतिहासिक जीत निकाली अन्तर्राष्ट्रिय रेकर्ड कायम गरिसकेका छन् ।
जसमा ‘हिट प्राफेसलन किक बक्सिङ’ १३ भिडन्तमा शतप्रतिशत सफलता हासिल गर्न सफल हुने भएका छन् । भने चारपटक ‘हिट च्याम्पियनसिप’ को ‘बेल्ट च्याम्पियन’ भई अन्तर्राष्ट्रिय रेकर्डसमेत राखिसकेका छन् ।
‘केवान प्रोफेसनल किक बक्सिङ’ मा भने चार भिडन्तमध्ये दुईमा नकआउट गर्दै प्रतिस्पर्धा आफ्नो पक्षमा ल्याएका छन्। खेल जीवनको यात्रामा हिमचितुवाका पिता देव घिमिरे मुख्य प्रशिक्षक रही आफ्नो छोरालाई निरन्तर पाँच वर्षदेखि प्रशिक्षण दिँदै आइरहेका छन् ।
चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी हिमचितुवा विगत पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आइरहेका छन् । देव स्वयं लामो समयपूर्व क्युकोसिन फुल कन्ट्याक खेलका अन्तर्राष्ट्रिय खेलाडी थिए ।
उनी सन् २००४ मा के वान खेल्ने पहिलो दक्षिण एसियाली खेलाडी हुनु । उनले कोरियामा भाग लिई रेकर्ड कायम गरेका थिए। आफ्ना पिता देवको अलवा हाल हिमचितुवालाई दुई थाइल्याण्डका प्रशिक्षकले दैनिक आठ घण्टा प्रशिक्षण दिँदै आइरहेका छन् । हिमचितुवा हाल जापानको नागोया सहरस्थित सिमुरा डोजोबाट खेल्दै आइरहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
पुष ९, २०८१ मंगलबार
फाल्गुनन्द गोल्डकप: न्यू स्टारमाथि गोल वर्षा
पुष ९, २०८१ मंगलबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार
वायुसेवा निगमको आन्तरिक उडान ठप्प
पुष ९, २०८१ मंगलबार