विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार १७:२९:१७
१९ भदौ, काठमाडौं । कपिलवस्तु, कैलाली, महोत्तरी र नवलपरासी (पश्चिम)मा डुबेर चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–८ वाणगंगा नदीमा डुबेर सोही नगरपालिका कजरहवा बस्ने रमेश बर्माको ९ वर्षीय छोरा मोहित बर्माको शनिबार मृत्यु भएको छ ।
उक्त नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । कैलालीको टिकापुर नगरपालिका–२ जनशक्ति सामुदायिक वनस्थित मुलपानी तलाउमा डुबेर जानकी गाउँपालिका–८ पहाडीपुर बस्ने २० वर्षीय पुष्प राज उपाध्यायको शनिबार मृत्यु भएको छ ।
उक्त तलाउमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । महोत्तरीको गौशाला नगरपालिका–४ रजखोर बस्ने संजित आलेको ७ वर्षीय छोरा अमर आलेको सोही ठाउँस्थित ईटा भट्टाको पानी जमेको खाल्डोमा डुबेर शनिबार मृत्यु भएको छ ।
खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–७ जिमिरेभार बस्ने सिताराम चौधरीको ७ वर्षीय छोरा निखिल चौधरीको सोही नगरपालिका–१४ खजुरे खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
पुष ९, २०८१ मंगलबार
इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
पुष १०, २०८१ बुधबार
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
पुष १०, २०८१ बुधबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार