गठबन्धन सरकारको बदनियतपूर्ण काम, संसदको आयु लम्ब्याउन कानून संशोधनको तयारी
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार १८:१:५
१९ भदौ, काठमाडौं । सरकारले बदनीयतपूण ढंगले संसदको कार्यकाल लम्ब्याउन कानून संशोधनको तयारी गरेको छ । कानुनमन्त्री गोविन्दप्रसाद शर्माले शुक्रबार कानून संशोधनका लागि प्रतिनिधिसभामा विधेयक दर्ता गराएका छन् । यो विधेयक पारित भई कानून संशोधन भएमा मंसिर ४ को निर्वाचनबाट निर्वाचित संसदको बैठक बस्ने अघिल्लो दिनसम्म यो संसदको कार्यकाल रहनेछ ।
यसबाट अनधिकृत रुपमा सरकारी सम्पतिको दुरुपयोग हुने भन्दै नागरिक तहमा विरोध सुरु भएको छ । कानूनमन्त्री शर्माले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालबारे कानुन र संविधानमा कुनै व्यवस्था नहुँदा अन्योल सिर्जना भएकोले कानुन संशोधन गर्न लागिएको जवाफ दिएका छन् । तर, यसो भएमा सांसदहरुको तलव भत्तामा स्वतह रकम बढी लाग्नेछ भने सत्ताको आडमा सरकारी सम्पतिको दुरुपयोगसमेत बढ्ने देखिएको छ ।
मन्त्री शर्माले संविधान र कानुनमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल ५ वर्ष भनिएको तर, कहिले सुरु भएर कहिले अन्त्य हुन्छ भन्ने यकिन नभएको भन्दै यसलाई प्रष्ट पार्नका लागि अघिल्लो सरकारले नगरेको काम अहिलेको सरकारले गर्न लागेको बताएका छन् ।
मन्त्री शर्माले दर्ता गराएको विधेयकमा कानून संशोधनपछि नवनिर्वाचित सभाको पहिलो बैठक नबसेसम्म अहिलको प्रतिनिधिसभाको पदावधि रहने प्रावधान राखिने उल्लेख छ । प्रतिनिधिसभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतः समाप्त भएको मानिने प्रावधान राखिएको विधेयकमा प्रदेशसभाबारे पनि यही प्रावधान रहने बताइएको छ ।
वर्तमान कानून र विगतको परमपराअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएपछि सरकार स्वतहः कामचलाउ हैसियतमा जाने भनिएको छ । यसअनुसार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ का लागि घोषणा भइसकेको छ । कानून संशोधन भएपछि अहिलेको प्रतिनिधिसभा कायम रहने भएकाले सदस्यहरुले सुविधा लिने तथा राजनीतिक दाउपेचमा राज्यको ढुकुटी खर्च गर्ने उद्देश्यले विधेयक ल्याइएको भन्दै संविधानविद्हरूले आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न मंसिर ४ मा हुने निर्वाचनका कार्यक्रमसमेत सुरु भइसकेको छ । निर्वाचन आयोगले असोज २ र ३ मा राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने तालिका सार्वजनिक गरिसकेको छ । नयाँ निर्वाचनका लागि उम्मेदवारी दर्ता हुने भएकाले त्यही दिनदेखि नै संसद्को कार्यकाल सकिने घोषणा निर्वाचन आयोगले गरिसकेको छ ।
यस्तो अवस्थामा विवादास्पद रुपमा कानून संशोधन गर्न खोज्नुले पनि सरकारको नियतमाथि नै प्रश्न उठेको छ । २०७४ मा पनि असोज २९ मा समानुपातिक बन्दसूची पेस हुने कार्यतालिका सार्वजनिक हुँदा असोज २८ मै बैठक बसेरै सांसदहरूलाई बिदा गरिएको थियो । गत स्थानीय निर्वाचनमा पनि जनप्रतिनिधिहरूलाई पनि राजीनामा दिन लगाएर चुनावी प्रतिस्पर्धामा पठाइएको थियो ।
विधेयक जस्ताको तस्तै पारित भए संसद्ले आफ्नो कार्यकाल आफैं विस्तार गर्ने गलत अभ्यास सुरु हुने विज्ञहरु बताउँछन् । निर्वाचनको मिति घोषणा भएपछि स्वतः भंग हुनुपर्नेमा आफ्नो आयु आफैं लम्ब्याउने कसरतले संविधानको सिद्धान्त, संसदीय अभ्यासमासमेत प्रश्न उठेको छ । विदेशमा पनि बहालवाला पदाधिकारीले निर्वाचनलाई प्रभावित गर्न नपाउन् भन्ने सिद्धान्तका आधारमा निर्वाचन प्रक्रिया सुरु हुनुअघि नै कुनै पनि सभाको कार्यकाल सकिने सैद्धान्तिक र कानुनी अभ्यास छ ।
प्रमुख प्रतिपक्षी एमालेले पनि संसद्को कार्यकाल लम्ब्याउने गरी सरकारले ल्याएको विधेयक गलत भएको प्रतिक्रिया दिएको छ । कार्यकाल लम्ब्याएर तलबभत्ता दिँदा राज्यलाई आर्थिक भारसमेत थपिने एमालेको तर्क छ । हाल प्रतिनिधिसभामा सांसद, पदाधिकारी र उनका सहयोगीका लागि मासिक ३ करोड ४० लाख रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
प्रधानमन्त्रीले दिए भारतीय समकक्षीलाई ७६ औं गणतन्त्र दिवसको शुभकामना
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलमा अध्यादेशका विषयवस्तुबारे विज्ञसँग छलफल, भोली पनि बैठक
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार