लमजुङमा १६ हजार बालबालिकाले कोरोना खोप लगाए
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार १९:६:१५
१९ भदौ, लमजुङ । लमजुङमा पाँचदेखि ११ वर्षसम्मका १६ हजारभन्दा बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा यहीँ भदौ ७ गतेदेखि १२ गते पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सञ्चालन भएको थियो ।
अभियानअन्तर्गत आठ वटै स्थानीय तहका पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका १६ हजार पाँच सय २६ बालवालिकालाई कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाइएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङका कोभिड खोप सम्पर्क व्यक्ति यम बरालले बताए ।
खोप अभियानन्तर्गत ७ गतेदेखि १० गतेसम्म विद्यालयमा खोप केन्द्र राखि खोप लगाइएको थियो भने ११ र १२ गते विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बाललबालिकालाई वडावडामा रहेको स्वास्थ्य सस्थामार्फत खोप सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्य कार्यालयले अभियानमा पाँच वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार तीन सय ३९ जनालाई फाइजर खोप लगाउन लक्ष्य लिएको थियो । जसमध्ये ८६ प्रतिशत बालवालिकालाई खोप लगाइएको कार्यालयले जनाएको छ ।
कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत जिल्लाको चार स्थानीय तहमा १२ देखि १७ वर्षसम्मका बालवालिकालाई बुस्टर डोज लगाउन सुरु भएको छ । खोपको उपलब्धताअनुसार बेंसीशहर, सुन्दरबजार दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका बालबालिकालाई बुस्टर मात्रा लगाइएको छ ।
यसअघि कोभिड १९ विरुद्ध मोडेर्ना खोपको पहिलो र दोस्रो मात्रा खोप लगाएका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई फाइजर खोप बुस्टर मात्र लगाइएको हो । बुस्टर मात्रा लगाउने अभियान आगागि २१ भदौसम्म सञ्चालन हुनेछ । पहिलो दिन चारवटै स्थानीय तहका विद्यालय विद्यालयमा बालवालिकालाई बुस्टर मात्रा लगाइएको छ ।
दोस्रो मात्रा खोप लगाएको तीन महिला पुगेका बालबालिकालाई मात्र बुस्टर मात्रा खोप दिइने भएकाले खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएको जान बेसीशहर नगरपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।
यस्तै यसअघि मोडेर्ना खोप लगाउन विविध कारणले खोपको पहिलो तथा दोस्रो मात्रा लिन छुट भएका बालवालिकालाई पनि खोप लगाइने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार