उम्मेदवारका लागि मोरङ कांग्रेसले ६ वटै क्षेत्रबाट गर्यो सिफारिस, कोइराला भएनन् सर्वसम्मत
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार २१:५५:३७
१९ भदौ, विराटनगर । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङका ६ वटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले उम्मेदवारको नाम जिल्लामा सिफारिस गरेको हो ।
नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार क्षेत्र नम्बर १ बाट ४ जना, क्षेत्र नम्बर २ बाट दुई जना, क्षेत्र नम्बर ३ बाट सर्वसम्मत एक जना, क्षेत्र नम्बर ४ बाट पाँच जना र क्षेत्र नम्बर ६ बाट चार जनाको नाम सिफारिस भएको छ ।
मोरङ निवासी संस्थापनइतरका नेता डा.शेखर कोइरालालाई आफ्नो क्षेत्रबाट सर्वसम्मत गराउन नेताहरु असफल भएका छन् । कोइरालाको क्षेत्र नं. ६ बाट उनीसहित चारजना सिफारिस भएका छन् । यो क्षेत्रबाट कोइरालासँगै डा. डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस गरी जिल्लामा पठाइएको छ ।
क्षेत्र नम्बर १ बाट कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बु, रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको नाम सिफारिस भएको छ । २०७० सालको दोस्रो संविधानसभामा क्षेत्र नम्बर १ बाट निर्वाचित डिगबहादुर २०७४ सालको निर्वाचनमा वामगठबन्धन उम्मेदवार घनश्याम खतिवडासँग पराजित भएका थिए ।
मोरङ क्षेत्र नम्बर २ बाट डा. मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस भएको छ । २०७४ सालको निर्वाचनमा मिनेन्द्रले वामगठबन्धन उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । यसपटक भने उनलाई पार्टीभित्रै अर्की नेतृ सुजाता कोइरालाले टिकटमै कडा टक्कर दिएकी छन् ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका कारण कांग्रेस संकटमा परेको बेला मोरङका ६ क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा मात्रै कांग्रेस विजयी भएको थियो । कांंग्रेसको क्षेत्रीय समितिले प्रतिनिधिसभा निर्वाचनको लागि रिजाल र कोइरालाको नाम सिफारिस गरेको छ । चुनावी दौडमा कसले टिकट पाउने भन्ने तय हुन बाँकी छ ।
प्रतिनिधिसभा सदस्य रहेका डा. रिजालले आफूले चुनावी अभियान शुरु गरिसकेको बताउँदै त्यही क्षेत्रमा कोइरालाको समेत नाम सिफारिस हुनु अनौठो नभएको बताएका छन् । मोरङमा कांग्रेसको जनलहर राम्रो मान्ने गरिएको भएपनि २०७४ निर्वाचनमा जम्मा एउटा निर्वाचन क्षेत्रमा रिजाल विजयी भएर कांग्रेसको साख बचाइदिएका थिए ।
कांग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाले चुनाव लडेको क्षेत्र भएकोले समेत नेतृ कोइरालाले आफू नै उठ्ने बताउँदै आएकी छन् । केहीअघि निर्वाचन क्षेत्रको दौडाहामा निस्किएकी कोइरालाले कार्यकर्ता र मतदातासँगको भेटमा आफू उम्मेदवार बनेर आउने बताएकी थिइन् ।
क्षेत्र नम्बर ३ बाट डाक्टर सुनिल शर्माको नाम सर्वसम्मत भएको छ । क्षेत्र नम्बर ३ बाट शर्माको एकल नाम सिफारिस भएको जिल्ला सचिव घिमिरेले बताए । शर्मा नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेज काठमाडौंका सञ्चालक हुन् । २०७४ सालको निर्वाचनमा उनी वाम गठबन्धनका उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए ।
क्षेत्र नम्बर ४ बाट महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलीप गच्छदारको नाम सिफारिस भएको छ । २०७४ सालको निर्वाचनमा आचार्य माओवादी उम्मेदवार अमनलाल मोदीसँग पराजित भएका थिए । क्षेत्र नम्बर ४ बाट सिफारिसमा परेका कांग्रेस केन्द्रीय सदस्य अर्याल क्षेत्र नम्बर ५ बाट पनि सिफारिस भएका छन् । क्षेत्र नम्बर ५ बाट अर्याल र हसन अन्सारीको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
माघ १३, २०८१ आइतबार
कोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार