बजेट पचाउन पहिरो नै नजाने ठाउँमा तटबन्धन निर्माण
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार २२:१९:२२
♦ खड्क सुनार
१९ भदौ, मुगु । छायाँनाथ रारा नगरपालिका–२ ससुराली डाँडामा पुर्वाधार कार्यालयले पहिरो रोक्ने भन्दै तटबन्धन निर्माण गरेको छ । तर, ससुराली डाँडामा न त कतैबाट पहिरो आउने अवस्था छ न त यो डाडो पहिरिएर कतै जाने सम्भावना नै छ । बजेट पचाउने दाउमा ससुराली डाँडामा पुर्वाधार कार्यालयको मिलोमतोमा तटबन्धन निर्माण गरिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको १० लाख बजेटमा पहिरो नै नआउने स्थानमा तटबन्धन निर्माण भएको हो । बजेट विनियोजन हुँदा शिवमन्दिर जाने सडक समेत निर्माण गर्नुपर्ने भन्दै १० लाख छुट्टाइए पनि सडक निर्माण नगरी डाँडामा तटबन्धन मात्रै गरिएको छ ।
असार मसान्तमा बजेट आएको र उपभोत्ता समित गठन गर्न समय अभावले कोटेसन आह्वान गरेर ठेक्कामार्फत काम अगाडि बढाएको पूर्वाधार कार्यालय मुगुले जनाएको छ । तीन जनाको कोटेसन परेको र जसमा केटिएस निर्माण सेवाका प्रोपाईटर केशव चौलागाईले ठेक्का दिइएको थियो ।
सो क्षेत्रमा न बाढी, पहिरो , भू–क्षय आउने अवस्था छ सोही स्थानमा तटबन्धन गरिनुले सरासर रकम पचाउनेबाहेक अरु विकल्प नरहेको स्थानीय बताउँछन् । सदरमुकामभित्रै दर्जनौँ स्थानमा पटक पटक सडक अवरुद्ध हुने, बाढीको पनि जोखिम रहेका स्थान छन् । तर, जिल्लामा रहेको पुर्वाधार विकास कार्यालयले सुटुक्ट कोटेसन आह्वान गरी पहिरो नआउने स्थानमा तटबन्धन हाल्दा अनियमितता र मिलोमतोको गन्ध आएको स्थानीयको भनाइ छ ।
तटबन्धनमा ४६ जाली प्रयोग भएको छ । ती सबै जाली गुणस्तरहीन रहेको आरोप छ । भाँचपातल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नवराज चौलागाईका अनुसार पुर्वाधार विकास कार्यालयले सो स्थानमा तटबन्धन गर्दा उपभोक्ता समितिलाई कुनै पनि जानकारी नदिएको बताए । उनका अनुसार यस योजनाका लागि समितिले माग गरेको छैन । समितिले डाँडामा तटबन्धनका लागि माग पनि नगर्ने उनले बताए ।
पहिरो नै नआउने ठाउँमा तटबन्धन गर्नु भ्रष्टचारबाहेक अरु केही नभएको छायाँनाथ रारा नगरपालिका–२ का ऐनबहादुर हमालले बताए । उनका अनुसार बाढी पहिरो जाने धेरै ठाउँ छ । त्यहाँ तटबन्धल गरियो तर सडक योजनामा तटबन्धन गरिनुले अनमियतता भएको उनले बताए ।
पुर्वधार कार्यालयका सव–इन्जिनियर मोहनसिंह कार्कीका अनुसार आर्थिक वर्ष ०७८/०७९ को तटबन्धनको लागि १० लाख रकम विनियोजित गरिएकोमध्ये सात लाख रकम भुक्तानी भइसकेको बताए । सडक निर्माण शीर्षकमा १० लाख बजेट आए पनि पहिलो चरणमा फिल्ड निर्माणको लागि रिटेनिङ वाल बनाइएको बताए ।
विशेष गरेर सडक संरचनाको लागि १० लाखभित्र दुई मिटरसम्मको सडक फराकिलो बनाउने र बाँकी रकमले ग्याबिन रिटेनिङ वालले फिल्ड निर्माण गर्ने काम रहेको सबईन्जिनियर कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
मंसिर १०, २०८१ सोमबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार