प्रेस स्वतन्त्रतालाई कुन्ठित हुन दिँदैनौं : अध्यक्ष पोखरेल
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार २२:२६:४०
१९ भदौ, कलैया । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रतालाई हनन गर्न खोजे महासंघ चुप लागेर नबस्ने बताएका छन् । बाराको सदरमुकाम कलैयास्थित करणराज प्यालेसमा आज साझेदारी दैनिक राष्ट्रिय पत्रिकाको आठाैँ वार्षिक सधारणसभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलले सत्तामा नरहँदा प्रेसको वकालत गर्ने तर सत्तामा आएपछि प्रेसको घाटी निमोठ्ने काम गर्ने गरेकाले प्रेस स्वतन्त्रताका हक हनन गर्न खोज्ने जोकोहीसँग हाम्रो सहकार्य नहुने ठोकुवा गरे । प्रेस बलियो नभए प्रजातन्त्र बलियो नहुने बताउँदै अध्यक्ष पोखरेलले प्रेसमाथि अंकुश लगाउने काम सैह्य नहुने बताए ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारका लागि श्रम ऐन लागू गर्न माग गरे । संविधानसभा सदस्य डा शोभाकर पराजुलीले विधिको शासन कायम गराउने, मुलुकमा शान्ति सुव्यवस्था कायम गराउने र राज्यको हरेक निकायलाई खबरदारी गर्ने प्रेस जगतलाई सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।
जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र साह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछानेलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष लम्साल तथा केन्द्रीय सदस्यहरु गणेश रिजाल र अप्सरा पुडासैनीलाई सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य बढ्यो
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै लखन गाउँपालिका
मंसिर १४, २०८१ शुक्रबार