ब्राउन सुगरसहित पोखराबाट एक जना पक्राउ
नेपालबहस संवाददाता
भदौ १९, २०७९ सोमबार ३:३३:५२
१९ भदौ, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने वर्ष २९ का सानुबाबु तुलाधर रहेका छन् ।
कास्की प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले शनिबार चाउथेको कदममार्गबाट तुलाधरलाई पक्राउ गरिएको हो ।
उनको साथबाट लागूऔषध ब्राउन सुगर १ किलोग्राम ०१५ ग्राम बरामद भएको र उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
आज यी चार प्रदेशमा छिटपुट वर्षको सम्भावना
माघ १, २०८१ मंगलबार
६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
फेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै
माघ १, २०८१ मंगलबार
मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, आज कार्यदलको पहिलो बैठक
माघ १, २०८१ मंगलबार
बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला
माघ १, २०८१ मंगलबार
मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक
माघ १, २०८१ मंगलबार