बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालबहस संवाददाता
भदौ १९, २०७९ सोमबार ३:५३:३०
१९ भदौ, गलकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्वजनप्रतिनिधिसहित पाँच जनाविरूद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा ढुङ्गा, गिट्टी तथा बालुवा विक्रीबापत बागलुङ नगरपालिकालाई हानी नोक्सानी हुनेगरी गण्डकी प्रदेशको कानुनबमोजिम तोकिएको दरभन्दा कम कर उठाएको ठहर गर्दै पूर्वनगरप्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवि उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य–सचिव काशिराम शर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार गण्डकी प्रदेशले तोकेको दरभन्दा कम कर सङ्कलन गरी नेपाल सरकारलाई रु १७ लाख ४० हजार ६६ हानी नोक्सानी पु-याई भ्रष्टाचाररजन्य कार्य गरेको पुष्टी हुन आएकाले पूर्वजनप्रतिनिधि र कर्मचारलाई विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।
पूर्वजनप्रतिनिधि कर्मचारीलाई हानी नोक्सानी पु-याएको रकमको दोब्बर रु ३४ लाख ८० हजार एक सय ३२ जनप्रतिनिधि र कर्मचारीलाई प्रतिव्यक्ति बिगो दाबीगरी मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार