टाटा सन्सका पूर्व अध्यक्ष मिस्त्रीको सडक दुर्घटनामा मृत्यु
नेपालबहस संवाददाता
भदौ १९, २०७९ सोमबार ४:४३:५
१९ भदौ, काठमाडौं। टाटा सन्सका पूर्व अध्यक्ष साइरस मिस्त्रीको आइतबार मुम्बई नजिकै भएको सडक दुर्घटनामा मृत्यु भएको छ ।
पालघर प्रहरीका अनुसार मिस्त्री अहमदाबादबाट मुम्बई जाँदै गर्दा उनको कार डिभाइडर ठोक्किएर दुर्घटना भएको थियो । कारमा चार जना सवार थिए । मिस्त्रीसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) की सांसद सुप्रिया सुलेले ट्विटरमा लेखेकि छन्, “अत्यन्तै दुखद् खबर । मेरा भाइ साइरस मिस्त्रीको निधन भएको छ । विश्वास गर्न सकिरहेको छैन । आत्मले शान्ति पाओस साइरस ।”
आरपीजी इन्टरप्राइजेजका अध्यक्ष हर्ष गोयन्काले पनि मिस्त्रीको निधनप्रति दुःख व्यक्त गरेका छन् । “साइरस मिस्त्रीको दुर्घटनामा निधन भएको खबर सुन्दा निकै दुःख लागेको छ । उहाँ एक मित्र, एक सज्जन मानिस हुनुहुन्थ्यो ।” साइरसले विश्वव्यापी निर्माण कम्पनी शापूर्जी पालोनजीको निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दै टाटा समूहको सक्षम नेतृत्व गरेका थिए ।
टाटा सन्सका छैटौं अध्यक्ष मिस्त्रीलाई सन् २०१६ को अक्टोबरमा पदबाट हटाइएको थियो । सन् २०१२ को डिसेम्बरमा रतन टाटाले सन्यासको घोषणा गरेपछि उनले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार
महा कुम्भमा एक करोड ३८ लाख भक्तजनले गरे सङ्गममा स्नान
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार