कांग्रेसलाई कस्ने प्रचण्डको नीति : देउवा आन्तरिक दवावमा
कुसुम सेञ्चुरी
भदौ २०, २०७९ सोमबार १३:१८:४९
२० भदौ, काठमाडौं । पाँचदलीय गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको सीट संख्यामा सहमति गर्न अझै दुई दिन लाग्ने जनाएका छन् । भदौ १७ मा बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदल बैठकमा शीर्ष नेताहरुका लागि छुट्टै सहमति गर्ने र अन्य क्षेत्रमा छुट्टै प्रकारको सहमति गर्ने गरी बैठक टुंगिएपनि अझै दुई दिनपछि सहमति सार्वजनिक गर्ने भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सबै क्षेत्रमा आफ्नो उम्मेदवारहरु टुग्याईसक्दा पनि माओवादी र माधव नेपालको पार्टीले भने उम्मेदवार टुग्याउन सकेका छैनन । सीट बाँडफाँटका लागि बनेको कार्यदलका एक सदस्यले बताए अनुसार सीट संख्या पछि टुंग्याउने गरी बैठकले दुई समझदारी गरेको भएपनि अझै पनि कांग्रेसलाई कमभन्दा कम सीट दिएर माओवादीले बढी सीट लिन खोजेपछि समस्या उत्पन्न भएको हो। सीट बाँडफाँटमा सहमति गर्न शीर्ष दलसहित कार्यदलको बैठक आइतबार बसेको भएपनि त्यसले पनि टुग्याउन सकेन ।
पहिलो, २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा जुन दलले जितेको छ, त्यही दललाई दिने । दोस्रो, शीर्ष नेताको निर्वाचन क्षेत्र टुंगो लगाएर मात्रै अन्य नेताहरुको क्षेत्रबारे समझदारी बनाउने सहमति गरेका थिए । तर यो विषयमा सबै दलका आन्तरिक बैठकहरुमा विरोध भएको स्रोतको दावी छ । कार्यदलका ती सदस्यका अनुसार पहिले जितेको दललाई त्यहीँ उठाउएर अन्य चार दलले सहयोग गर्ने समझदारी बनिसकेको भएपनि त्यो प्रभावकारी गठबन्धन नहुने स्रोतको दावी छ । ‘शीर्ष नेतृत्वसहित कार्यदलबीच जुटेको पहिलो सहमति हो–प्राथमिकता पहिला (२०७४ मा जितेकै दललाई दिने, यदि पहिला जितेको दलले फेरि त्यही क्षेत्र जित्ने अवस्था नभए गठबन्धनकै जित्ने सम्भावना बढी भएको दललाई दिएर उक्त क्षेत्र छोड्ने दललाई पक्का जित्ने क्षेत्रबाट उठाउने सहमति जुटिसकेको छ,’ स्रोतले भन्यो ।
सीट संख्याबारे अहिलेसम्म सहमति नजुटे पनि सबै शीर्ष नेतालाई प्रतिनिधिसभामा ल्याउन गठबन्धनबीच सहमति भएको छ । पहिला शीर्ष नेताको निर्वाचन क्षेत्र भाग लगाउने र उहाँहरुलाई जिताउने निश्चित गरेर मात्रै बाँकी नेताहरुको विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीसहितका नेतालाई जिताउन गठबन्धन तयार छ । उनीहरुले नेताहरुलाई मात्रै केन्द्रीत गरेर गठबन्धन गर्न खोजेको आरोप लागेको छ । पार्टीभित्रकै विरोधीहरुलाई सिध्याउने गरी गठबन्धन गर्न लागेको स्रोतको दावी छ ।
त्यसमध्ये शीर्षमै रहेका कोही नेता नउठे उनले तोकेका नेतालाई जित्ने निर्वाचन क्षेत्रबाट उठाएर जिताउने सहमति जुटेको हो । कार्यदल र शीर्ष नेताबीच अहिलेसम्म कुन दलले कति सीट लिने टुंगिएको छैन । कांग्रेसले ९० दाबी गरेको छ । माओवादी केन्द्रले ४७ देखि ५०, एकीकृत समाजवादीले १५ देखि १८, जसपाले १३ देखि १८ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेका छन् । संख्याको दाबी छोड्दै दलहरु लचक भइरहेका स्रोतको दावी छ । संख्यामा अहिलेकै विवाद कायम नराखी मिलाएर जानुपर्छ भन्नेमा पाँचै दल सहमत भएको भएपनि कुन दलले कति लिने भन्नेबारेमा एकिन भएको छैन ।
कांग्रेसले हदैसम्म लचक भएको अवस्थामा ८५ सिटमा झर्न सकिने जनाएको छ । शीर्ष र कार्यदल बैठकमा भने ९० सिटबाट तल झर्न नसकिने अडानमै कांग्रेस छ । तर अन्य दलले ७० सीट मात्रै कांग्रेसले लिनुपर्ने जनाएपछि विच्किएको छ । मधेस प्रदेशमा सबैभन्दा बढी समस्या रहेकाले पनि अहिलेको अवस्थामा समस्या भएको कार्यदलका एक सदस्यले भने । २०७४ को प्रतिनिधिसभामा तत्कालीन संघीय समाजवादी फोरमले ९ र कांग्रेसले मधेशमा जम्मा ६ सिट जितेको थियो ।
आगामी मंसिरमा हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषयमा पटकपटक बैठक बसे पनि सहमति हुन नसकेपछि अहिले प्रधानमन्त्री एवं कांग्रेस सभापति आफ्नै पार्टीभित्रको दबाबमा रहेका छन् । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्रै शेखर कोइरला लगायतका नेताहरूले कांग्रेसका लागि १ सय सिटभन्दा कम स्वीकार्य नहुने भन्दै सभापति शेरबहादुर देउवालाई दबाब दिइरहेका बेला आइतबार पनि सहमति हुन नसकेको हाे ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
तस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी
जेठ २०, २०८१ आइतबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुने
जेठ २०, २०८१ आइतबार
निर्माणाधीन पूर्व–पश्चिम राष्ट्रिय प्रसारण लाइन
जेठ २०, २०८१ आइतबार
आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी विनियोजन : पूर्वअर्थमन्त्री महत
जेठ २०, २०८१ आइतबार
भोजपुरका किसान मुढेघारमा मौरीपालन गर्न बाध्य
जेठ २०, २०८१ आइतबार