मध्य नेपाल नगरपालिका गण्डकी प्रदेशको उत्कृष्ट स्वास्थ्य क्षेत्र
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १४:०:२३
२० भदौ, लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका गण्डकी प्रदेशका ८५ पालिकामध्येबाट स्वास्थ्य क्षेत्रमा प्रथम भएको छ । गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा मध्यनेपाल नगरपालिका प्रथम भएको घोषणा गरिएको हो ।
स्वास्थ्य क्षेत्रमा पालिकाहरुलाई १०० नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क ८७ दशमलव चार अङ्क प्राप्त गर्दै उक्त नगरपालिका प्रथम भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव श्रीराम तिवारीका अनुसार पर्वत जिल्लाको पैयु गाउँपालिका दोस्रो र म्याग्दीको बेनी नगरपालिका तेस्रो भएको छ । पैयुँले ८६ दशमलव दुई र बेनीले ८५ अङ्क प्राप्त गर्दै दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् ।
गत वर्ष पालिकाले लिएको स्वास्थ्य योजना, बजेट, दुर्गमता, स्वास्थ्य क्षेत्रमा भएको प्रगति र न्यूनतम स्वास्थ्य मापदण्डलगायत सूचकका आधारमा नम्बर दिइएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिम बहादुर खड्काले बताए ।
स्वास्थ्य क्षेत्रको कार्य सम्पादनको आधारमा लमजुङका ८ स्थानीय तहमध्ये पनि मध्यनेपाल नगरपालिका प्रथम भएको थियो । स्वास्थ्य कार्यालय लमजुङले आर्थिक बर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य सम्बन्धि गतिविधिहरुका मुख्य सूचकहरुको आधारमा मूल्यांकन गर्दा मध्यनेपाल प्रथम भएको हो ।
नगरपालिका ८७ दशमलव ६२ अंकका साथ पहिलो भएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार दूधपोखरी गाउँपालिका ८२ दशमलव ७५ अंकका साथ द्धितीय र बेंसीशहर नगरपालिका ८१ दशमलव ६५ अंकका साथ तृतीय भएको छ । स्वास्थ्य क्षेत्रमा गण्डकीमै प्रथम भएकोमा खुसी ब्यक्त गर्दै मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले स्वास्थ्य क्षेत्रमा खटिएका सबै कर्मचारीलाई बधाई तथा धन्यवाद दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार