कांग्रेस केन्द्रीय सदस्य कार्की सुनसरी क्षेत्र नं ४ बाट उम्मेदवार सिफारिस
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १४:१३:३६
२० भदौ, इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत छन् ।
केन्द्रीय सदस्य कार्कीलाई प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फको निर्वाचनमा एकल नाम सिफारिस भएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिए । उनका अनुसार सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ डा अबुल हुसेन अन्सारी, डिल्ली कार्की, जमिल अख्तर अजाद मियाँ, राधिका कटुवाल, अलाउद्दीन हुसेन, इरुफान मियाँ, मीरा पोखरेल, चनरदेव मेहता र टीकाबहादुर कटुवाल सिफारिस भएका छन् । त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट १० जनाको नाम सिफारिस गरिएको छ ।
यसरी सिफारिस हुनेमा रेवतीरमण दुलाल, उपेन्द्रबहादुर कटुवाल, सदानन्द मण्डल, मनोजकुमार साह, सुरेन्द्रप्रसाद गुप्ता, सुशीला खनाल पौडेल, मो वाजुद्दीन मन्सुरी, प्रमोद खेरवार, ओम कोइराला र ताराबहादुर कार्की छन् ।
त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट समानुपातिकमा १५ जनाको नाम सिफारिस भएको पार्टीका क्षेत्रीय सभापति अयुव अन्सारीले जानकारी दिए । समानुपातिकतर्फ फरिदा खातुन, अनु गुरुङ, पङ्कजकुमार महतो, राधिका कटुवाल, अमरेन्द्रकुमार मेहता, बाबुराम विष्ट, रुपाकुमारी साह, भीमसिंह गुुरुङ, चम्पा अधिकारी, मुना, बह्मदेव मरवैता, भीम कटुवाल, जीवन विष्ट, चित्रबहादुर कार्की, बाबुनन्द यादव र शङ्करकुमार बस्नेत सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ४(ख)बाट प्रत्यक्षमा इस्राइल मन्सुरी, पूर्णराज यादव, सत्रुधनप्रसाद यादव, सूर्यदेव दास उराँउ, हरिलाल मेहता र विष्णुदेव मण्डल सिफारिस भएका छन् । त्यसैगरी क्षेत्र नम्बर ४(ख) बाट समानुपातिकमा २१ जनाको नाम सिफारिस भएको छ ।
समानुपातिकमा नन्दकुमार सिग्देल, अम्बिका घिमिरे, फरिदा खातुन, अञ्जुदेवी मेहता, कृष्णकुमार भगत(बब्लु), गङ्गाराम मण्डल, ममता मेहता, जमुना गौतम पोखरेल, सुनिलकुमार पोखरेल, परमानन्द मेहता, रमानन्द पण्डित, ऋतुराज पोखरेल, विनिता दाहाल, रवीन्द्रकुमार मेहता, सेहनाज बेगम, विन्दुकुमारी पन्त, मञ्जुदेवी मण्डल, चञ्चल ठाकुर, ऋषिराम सुवेदी, मन्जुदेवी मण्डल र मीरा मण्डल सिफारिस भएको क्षेत्रीय सचिव खड्काले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार