करेन्ट लागेर विधुत प्राधिकरणका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १५:१:३३
२० भदौ, खोटाङ । करेन्ट लागेर नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु भएको छ । विगत आठरनौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिककोरुपमा काम गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा छापगाउँमा विद्युत मर्मतपछि भर्याङ ठड्याएर हिँड्नेक्रममा भर्याङले ११ केभी प्रशारण लाईनको तार छुनपुग्दा राईलाई करेन्ट लागेको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए । करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुईपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप उपचारका लागि अन्य लैजाने तयारी हुँदाहुँदै राईलाई मृत घोषणा गरिएको थियो ।
अवरुद्ध विद्युत सुचारु गराउन र जलेको ट्रान्सफर्मर हेर्नका लागि राई सहित चार प्राविधिकको टोली बुईपा छापगाउँ पुगेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ । ‘काम गर्दागर्दै करेन्ट लागेको होइन । काम सकेर विद्युत चालु भएपछि भर्याङ बोकेर हिँड्नेक्रममा भर्याङले हाइटेन्सन छुन पुग्दा करेन्ट लागेको हो,’ प्रमुख रेग्मीले भने, ‘विद्युत मर्मत गर्न र जलेको ट्रान्सफर्मर हेर्न चार जना कर्मचारी खटिएको थियो ।’
करेन्ट लाग्दा २४ घण्टा नपुग्दै जिल्लाका दुई जनाले ज्यान गुमाएका छन् । स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर जम्पर जोड्नेक्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको शनिबार राती मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
आज यी चार प्रदेशमा छिटपुट वर्षाको सम्भावना
माघ १, २०८१ मंगलबार
६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
फेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै
माघ १, २०८१ मंगलबार
मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, आज कार्यदलको पहिलो बैठक
माघ १, २०८१ मंगलबार
बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला
माघ १, २०८१ मंगलबार
मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक
माघ १, २०८१ मंगलबार