सुरु भएन छपाइ, सर्वोच्चको आदेशले डिजाइनमा समस्या
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १६:२६:८
२० भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने आम चुनावका लागि मतपत्र छपाइ अनिश्चित भएको छ । आम निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको कार्यतालिका बमोजिम भदौ २० गतेबाट समानुपातिकतर्फको मतपत्र छाप्न सुरु गर्नुपर्ने हो । तर आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आन्तरिक तयारी नपुगेकोले आयोगको कार्यतालिका प्रभावित भएको बताएका छन् ।
आयोगले आन्तरिक तयारी नपुगेको दाबी गरेपनि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालको चुनाव चिह्नलाई लिएर मतपत्रको क्रम निर्धारण र डिजाइन हुन नसक्दा भदौ २० गते सोमबारबाट मतपत्र छपाइ सुरु हुन नसकेको हो । आयोगको निर्णयमा चित्त नबुझेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा सर्वोच्च अदालत पुगेका हुन ।
आयोगले राप्रपा नेपाललाई दिएको ‘तीर’ चुनाव चिह्नको कार्यान्वयन नगर्न/नगराउन सर्वोच्च अदालतले अल्पकालीन आदेश गरेपछि मतपत्रको डिजाइन गर्न बिलम्ब भएको आयोग स्रोतले जनाएको छ । उक्त मुद्दामा सर्वोच्च अदालतले सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । तर आयोगले उक्त आदेश ‘भ्याकेट’ गर्न निवेदन दिएको छ । अदालतको आदेशले कामकारबाहीमा समस्या उत्पन्न हुने अवस्थामा सम्बन्धित निकायले आदेश बदर गर्न दिने निवेदन ‘भ्याकेट’ हो ।
आयोगले भदौ ८ गते राप्रपा नेपाललाई ‘तीर’ चुनाव चिह्न दिने निर्णय गर्यो । तर सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेपछि राप्रपा नेपाल तत्काल चुनाव चिह्नविहीन हुन पुग्यो । त्यसअघि, आयोगले असार २७ गते राप्रपा नेपालकाअध्यक्ष कमल थापाले माग गरेको ‘गाई’ चुनाव चिह्न दिन नमिल्ने निर्णय गरेको थियो । आयोगको उक्त निर्णयप्रति चित्त नबुझेको थापा सर्वोच्च अदालत पुुगेका थिए ।
सर्वोच्च अदालतले साउन ८ गते उक्त चिह्न अन्य कुनै दललाई नदिनुु भन्दै अन्तरिम आदेश जारी गरेको थियो । यसरी सर्वोच्च अदालतले राप्रपा नेपालको चुनाव चिह्नलाई लिएर समयमै टुङ्गो लगाउन नसक्दा निर्वाचन आयोगले कार्यतालिका बमोजिम मतपत्र छाप्न सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार