कांग्रेस र एमालेद्वारा उम्मेदवार सिफारिस
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १७:१:२७
२० भदौ, महेन्द्रनगर । आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् ।
कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले आ–आफ्नो क्षेत्रका सम्भावित प्रतिनिधिसभा सदस्यका उम्मेदवारको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो । कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दिवान विष्ट र समानुपातिकमा कृष्णादेवी गिरीको नाम सिफारिस गरेको छ ।
सो निर्वाचन क्षेत्रमा पर्ने दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी कांग्रेसले ३० जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा कांग्रेसले केन्द्रीय सदस्य नारायणप्रकाश साउँद, हरिप्रसाद बोहरा र प्रेम बलायरको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको क्षेत्रीय सभापति लालबहादुर सिंहले जानकारी दिए ।
निर्वाचन क्षेत्र नं २ का दुई प्रदेशसभामा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ४६ जनालाई सिफारिस गरेको छ । त्यसैगरी यहाँको निर्वाचन क्षेत्र नं ३ मा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र प्रेमबहादुर विष्ट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएम्रका छन् । उक्त क्षेत्रमा कांग्रेसले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक गरी ६० जनाको नाम सिफारिस गरेको कांग्रेस कञ्चनपुरले जनाएको छ ।
त्यसैगरी प्रमुख प्रतिपक्षी दल एमालेले पनि तीन वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवारको नामावली छनोटलाई तीव्रता दिएको छ । यहाँको निर्वाचन क्षेत्र नं १ मा निर्वाचन क्षेत्रीय समन्वय किमिटीले सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङ, नेताद्वय खेम सुवेदी र वीरबहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।
उक्त क्षेत्रमा पर्ने प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा एमालेले १६ जनाको नाम सिफारिस भएको छ । एमालेले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा हालका प्रतिनिधिसभा सदस्य रहनुभएका नरबहादुर धामी र युवा सङ्घका निर्वमान अध्यक्ष बचनबहादुर सिंहको नाम क्षेत्रीय कमिटीबाट सिफारिस गरेको जनाएको छ ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं २ को ‘क’ मा कर्णाली प्रदेशका पूर्व प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनी र ‘ख’ मा तत्कालीन संविधानसभा सदस्य कृपाराम रानाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा एमालेबाट डा दीपकप्रकाश भट्ट, निरु पाल, राजेन्द्र रावल, ईश्वरी खरेल र हिरा सार्की प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भ्एका छन् । डा भट्ट २०७४ सालमा कांग्रेस नेता लेखकलाई पराजित गर्र्दै यहाँबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार