रास्कोटको नमुना बस्ती समुदायलाई हस्तान्तरण

नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १७:३५:५६

२० भदौ, मान्म । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा निर्माण भएका नमुना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाले बाढीपहिरोको जोखिमका रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने योजनाअनुसार नमुना बस्ती निर्माण गरिएको हो ।
जोखिम बस्तीको पहिचान गरी सुरक्षित स्थानमा बस्ती सार्ने उद्देश्यले नगरकै नमुना बस्तीको निर्माणमा रास्कोट नगरपालिका वडा नं ७ का एक सय घर परिवार छनोट गरी नमूना बस्तीका घर निर्माण गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये ७३ नमुना घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
जोखिममा परेका बस्तीका सुरक्षित ठाउँको जग्गा खोज्दै एक वर्ष सकिएकोहो । सबैले एकैपटक घर निर्माण गर्नुपर्ने भएकाले दक्ष, अदक्ष कामदारको अभावले बस्ती निर्माणमा ढिलाइ भएको रास्कोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताए । “एउटा घर बनाउन रु पाँच लाख आएको र त्यसैमा जग्गा खरिद गर्नुपर्ने, घर बनाउनुपर्ने भएकाले केही घर बनाउन सकिएको छैन”, उनले भने, “जतिले घर निर्माणको काम सके उनीहरुको घरपरिवारलाई मात्र भुक्तानी दिएको छ ।”
कर्णाली प्रदेश सरकारले बजेट व्यवस्थापन गरेर बस्ती निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत बमको भनाइ छ । “सरकारी लगानीसँगै नागरिक स्वयंले खर्च गरेको छ । प्रदेश सरकारले नमुना बस्ती निर्माणका लागि प्रतिघरपरिवार पाँच लाखका दरले रु ५० करोड बजेट पठाएको थियो”, उनले भने, “तोकेभन्दा कमैले घर निर्माण भएकाले अहिले रु ३६ करोड पाँच लाख भुक्तानी भएको छ ।”
समुदायलाई नमूना बस्ती हस्तान्तरण गर्दै कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो बस्तीलाई एकीकृत नमुना बस्तीका रुपमा विकास गरिएको बताए । “बस्ती निर्माण गरेर मात्रै सबैथोक पुग्दैन अब यो बस्तीको आयस्रोत र बस्तीलाई उत्पादनमुखी बनाउनेतर्फ अग्रसर हुनुपर्छ”, उनले भने, “अब नमुना पर्यटकीय गाउँका रुपमा निर्माण गरेर होमस्टे सञ्चालन गर्ने योजना बनाउन आवश्यक रहेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार