सुदूरपश्चिममा हात्ती भगाउन रातभर जाग्राम
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १७:५३:३५
२० भदौ, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ बडुवाल टोलका बासिन्दा हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि भगाउनका लागि त्यहाँका बासिन्दा रातभर जाग्राम बस्न थालेका हुन् ।
साँझपख आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पु-याउने गरेको स्थानीय सीतादेवी बादीले बताए । “हात्तीको बथानले धानबाली सबै नोक्सान गरिसक्यो”, उनले भने, “यसपाली त खानलाई पनि किन्नुपर्छ घरमा पनि आउँछ कि भन्ने डर छ ।
”“उक्त निकुञ्जबाट ३०/३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेकाले भगाउनका लागि रातभर जाग्राम बस्नुपर्छ हामी नसुतेको एक साता भइसक्यो”, उनले भने, “साइरन बजाएर होहल्ला गर्दा पनि हात्तीको बथान भाग्दैन ।”
स्थानीय लक्ष्मी रानाले हरेक वर्ष यहाँ घरखेतमा हात्तीले नोक्सान गर्ने गरेको बताए । “धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ”, उनले भने, “रातभर गाउँका सबै भेला हुन्छौँ सशस्त्र प्रहरीले पनि सहयोग गरेको छ ।” लक्ष्मीका अनुसार गाउँमा विद्युत् नुहुँदा झन समस्या हुने गरेको छ ।
दोधारा चाँदनी नगरपालिका–५ का वडाध्यक्ष हरिसिंह धनाडीले गाउँमा हात्तीको आतङ्कले स्थानीयवासी त्रस्त भएको बताए । “यो बस्तीमा भारतीय सीमापर्ने भएकाले भारतले तारबार गर्न दिँदैन”, उनले भने, “हरेक वर्ष यहाँ भारतीय जङ्गलबाट हात्ती आइ नोक्सान गरेर जान्छन् ।”
अहिले जङ्गल पनि घना भइसकेकाले यहाँ हात्ती बढी आउन थालेको वडाध्यक्ष धनाडीले बताए । “यसको रोकथाम कसरी गर्न सकिन्छ भनेर भारतीय जनप्रतिनिधिसँग समन्वय गर्दैछौँ”, उनले भने, “क्षतिबारे वडा कार्यालयले तथ्याङ्क संकलन गर्दै छ ।” यसैगरी हात्तीले बेदकोट नगरपालिका, लालझाडी गाउँपालिकामा समेत किसानकोे धानबालीमा नोक्सान पु-याउने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार