कांग्रेसले नाम चलेका र प्रभावशाली नेतालाई समानुपातिक नदिने, पदाधिकारी जति सबैलाई प्रत्यक्षको टिकट
केदार भट्टराई (काका)
भदौ २०, २०७९ सोमबार १८:४५:९
२० भदौ, काठमाडौं । नेपाली कांग्रेसले चुनाव लड्न चाहने वर्तमान तथा पूर्वपदाधिकारीहरुलाई समानुपातिकतर्फ उम्मेदवार नबनाउने भएको छ । पार्टीमा प्रभाव जमाउन सक्ने र नाम चलेका नेताले पनि समानुपातिकबाट उम्मेदवारी दिन नपाउने नीति सार्वजनिक गर्ने कांग्रेसको तयारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले दिएको जानकारी अनुसार पदाधिकारीमा रहिसकेका नेताले प्रत्यक्षबाट चुनाव लड्नुपर्नेछ । उनीहरुलाई समानुपातिकमा राख्दा अन्यले अवसर नपाउने र चुनाव पनि हार्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो नीति अपनाउन लागिएको हो ।
पदाधिकारी जति सबैलाई प्रत्यक्षबाट चुनाव लडाउने विषयमा सभापति देउवाले आन्तरिक छलफलसमेत चलाएका छन् । उनले उपसभापति र महामन्त्रीद्वयसँग पनि यही नीतिअनुसार प्रक्रिया अगाडी बढाउन भनेका छन् । तर १४ औँ महाधिवेशन सकिएको आठ महिना पुगिसक्दासमेत सभापति देउवाले पदाधिकारीमा पूर्णता दिन सकेका छैनन् ।
हाल प्रधानमन्त्रीसमेत रहेका सभापति देउवासहित कांग्रेसमा १३ जना पदाधिकारी छन् । उनीहरु सबै प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि प्रत्यक्षतर्फबाट सिफारिस भइसकेका छन् । जसअनुसार प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस भएका छन् । उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा १ र २ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।
महामन्त्रीद्वय गगनकुमार थापा काठमाडौं क्षेत्र न.४ र कास्की क्षेत्र नं. १ बाट र विश्वप्रकाश शर्मा झापा क्षेत्र न. १ बाट सिफारिस भएका छन् । सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर क्षेत्र नं २, किशोरसिंह राठौर बाँके क्षेत्र न.३ र बद्री पाण्डे बाजुराबाट सिफारिस भएका छन् । यस्तै भीष्मराज आङ्दम्बे पाँचथर, महेन्द्र यादव धनुषा क्षेत्र न.४, उमाकान्त चौधरी बारा क्षेत्र न. १, जीवन परियार कास्की क्षेत्र न. १, फरमुल्लाह मन्सुर बारा क्षेत्र न.३ बाट सिफारिस भएका छन् ।
नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र न. १ बाट सिफारिस भएका छन् भने नेता शेखर कोइराला मोरङ ६ बाट सिफारिस भएका छन् ।पूर्वमहामन्त्री तथा अर्का नेता कृष्णप्रसाद सिटौला झापा क्षेत्र न.३ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् ।पूर्वउपसभापति विजय गच्छेदार सुनसरी क्षेत्र न. ३ बाट, सुजाता कोइराला मोरङ क्षेत्र न. २ बाट, प्रवक्ता डा. प्रकाशशरण महत नुवाकोट क्षेत्र न. १ बाट, पूर्वमहामन्त्री शशांक कोइराला पूर्वी नवलपरासी क्षेत्र न. १ बाट सिफारिस भएका छन् ।
गठबन्धन गरेरै चुनावमा जाने तयारी गरेको कांग्रेसले आफुले पाएका सीट नगुमाउनका लागि यस्तो नीति लिएको बताइएको छ । कांग्रेसले पदाधिकारी र प्रभावशाली नेताहरूलाई प्रत्यक्षतर्फ नै प्रतिस्पर्धा गराउने भएपछि पूर्वपदाधिकारीहरुले पनि प्रत्यक्षतर्प नै रुचि देखाएको देउवा निकट स्रोतको भनाइ छ ।
पार्टीको विधानमा भने पदाधिकारी र प्रभावशाली नेतालाई प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी बनाउने उल्लेख गरिएको छैन् । चुनाव जित्नै पर्ने र प्रायःजसोले प्रत्यक्षतर्फ नै निर्वाचन लड्ने रुचि राखेकाले पार्टीका शीर्ष र प्रभावशाली नेतालाई प्रत्यक्षमा लडाउन लागिएको हो । सिफारिसका लागि केन्द्रले दिएको समय २० भदौसम्मको हो । केन्द्रमा सिफारिस आउने क्रममा अहिले जारी छ ।
पार्टीले शीर्ष र प्रभावशाली नेतालाई प्रत्यक्षतर्फ नै व्यवस्थापन गर्ने नीति लिएपछि समानुपातिकमा बस्न चाहेका प्रभावशाली नेताहरु भने समस्यामा परेका छन् । नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ । धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको हो ।
कांग्रेस प्रत्यक्षमा लडाउने नीति लिएपछि निधिलगायतका केही नेताहरु समस्यामा परेका छन् । अघिल्लो पटकको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेका थिए । त्यसको जानकारी उनले पार्टी सभापति शेरबहादुर देउवालाई गराएपनि देउवाले कुनै जवाफ नदिएको बताइएको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार