आशिकी ३ मा कार्तिक आउने पक्का
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १९:२७:९
२० भदाैं, एजेन्सी । ‘भूल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनलाई कयौं फिल्मको अफर आइरहेको छ । हालै मात्र उनले फिल्म ‘आशिकी ३’का लागि अनुराग बसुसँग हात मिलाएका छन् । यो प्रतिक्षित फिल्ममा बलिउडका कयौं स्टारहरुको नाम आइरहेको थियो, तर अब भने यो फिल्म कार्तिकको पोल्टामा परेको छ ।
कार्तिकले सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । ‘बसु दासँग मेरो पहिलो फिल्म आशिकी ३’, उनले लेखेका छन् । यद्यपि फिल्म निर्माताहरुले प्रमुख अभिनेत्रीको बारेमा कुनै जानकारी दिएका छैनन् ।
यो एक प्रेमकथाको फिल्म हुनेछ । यसअघिका संस्करणभन्दा यसको कथा केही पृथक हुने निर्माण पक्षको भनाइ छ । ‘आशिकी यस्तो फिल्म हो, जसलाई देखेर म हुर्किएको हुँ र आशिकी ३ मा काम गर्नु कुनै सपना सत्य हुनु जस्तो हो ।
म यो अवसरका लागि भूषण कुमार र महेश भट्टसँग सहकार्य गर्नका पाउँदा आफूलाई भाग्यशाली ठान्छु । म अनुरागको कामबाट प्रभावित छु र अब उहाँहरुसँग काम गर्न पाउनु मेरो लागि सिकाईको अवसर हो’, कार्तिकले भनेका छन् ।
राहुल रोय र अनु अग्रवाल स्टारर ‘आशिकी’ सन् १९९० मा रिलिज भएको थियो । यो फिल्ममा महेश भट्टको निर्देशन थियो । सन् २०१३ मा यसको सिक्वेल ‘आशिकी २’ मोहित सुरीले निर्देशन गरेका थिए । फिल्ममा श्रद्धा कपूर र आदित्य रोय कपुरको अभिनय थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार
वायुसेवा निगमको आन्तरिक उडान ठप्प
पुष ९, २०८१ मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन
पुष ९, २०८१ मंगलबार