नेप्से परिसूचक ४.२ अंक घटेर १९७३ मा कायम

नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार २१:३७:२९

२० भदौ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर कारोबार ९० करोड ९९ लाख रुपैयाँमा खुम्चिएको छ । आइतबार १ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो । सोमबार नेप्से परिसूचक ४.२ अंक घटेर १९७३ अंकमा कायम भएको छ ।
कुल ६१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने १० को स्थिर छ । सोमबार बैंकिङ १.३, विकास बैंक १०.८, फाइनान्स ९.८, होटल तथा पर्यटन ८, जलविद्युत् ६, जीवन बिमा ५, निर्जीवन बीमा ४, अन्य १५ तथा ब्यापार उपसमूह ८ अंक घटे ।
उत्पादन १ र माइक्रोफाइनान्स उपसमूह २ अंक बढे । मैलुङखोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढ्यो । रुरुको सबैभन्दा धेरै ६.५ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा रिडी पावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, नेस्डो लघुवित्त र नेपाल टेलिकम क्रमशस् अगाडि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन
फागुन १५, २०८१ बिहिबार
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
फागुन ११, २०८१ आइतबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
झापामा जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु
फागुन १५, २०८१ बिहिबार
मुस्लिम समुदायको अधिकार कार्यान्वयनमा माओवादी गम्भीर : अध्यक्ष प्रचण्ड
फागुन १५, २०८१ बिहिबार
अर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
तासको विषयमा विवाद, साउथ इन्डियन फिल्म ‘मारको’को नक्कल गरेर साथीको हत्या
फागुन १५, २०८१ बिहिबार
सरकारले गर्यो एकैपटक ७८ जना सहसचिवको सरुवा (नामावलीसहित)
फागुन १५, २०८१ बिहिबार