पाथीभरामा सनराइज बैंकको पोर्टेबल शौचालय र डिजिटल घडी सहयोग
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार २२:१६:२८
२० भदौ , फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा पोर्टेबल शौचालय र डिजिटल घडी राखिने भएको छ । सनराइज बैंक शाखा ताप्लेजुङले पाथीभरा क्षेत्र प्रयोग गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिलाई आवश्यक सामग्री उपलब्ध गराएसँगै सो क्षेत्रमा पोर्टेबल शौचालय र डिजिटल घडी हुने भएको हो ।
बैंकले तीन थान पोर्टेबल शौचालय र एकथान डिजिटल घडी प्रदान गरेको छ । बैंकका डेपुटी जनरल म्यानेजर रवीनकुमार नेपालले समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्री उपलब्ध गराएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष थेबेले पाथीभरा क्षेत्रमा तीर्थालुलाई सहयोग पुग्नेगरी सामग्री दिएर सनराइज बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए ।
सनराइज बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौलाले पाथीभरा क्षेत्रमा तीर्थालुका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । बैंकले समाजका आधारभूत आवश्यकतालाई क्रमैसँग पूरा गरेर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको उनले बताए ।
सनराइज बैंकले केही समयअघि मात्र विपद् र सामाजिक कार्यमा प्रयोग हुने २० थान ठूलो खालको त्रिपाल जिल्ला समन्वय समितिलाई हस्तान्तरण सनराइज बैंकका फुङ्लिङ शाखा प्रबन्धक अनिल श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार