प्रधानमन्त्री फसाउने कानूनमन्त्रीको प्रयास असफल, ओलीदेखि प्रमुख आयुक्तसम्मको दवावले पछि हटे देउवा
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार २३:०:४९
२० भदाै, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन न्याय, कानुन तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले प्रतिनिधिसभामा पेस गरेको विधेयक रोकिएको छ । प्रधानमन्त्रीलाई कानूनी अड्चन देखाएर संसदको कार्यकाल लम्ब्याउने उदेश्यसहित विधेयक तयार पारेका कानूनमन्त्रीले शुक्रबार उक्त विधेयक पेस गरेका थिए ।
कानूनमन्त्रीले प्रधानमन्त्रीलाई फसाउने उदेश्यले विधेयक ल्याएको भन्दै सत्ता गठबन्धनमा रहेका दल, विपक्षी एमाले र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले समेतले असहमति जनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा विधेयक अगाडी बढाउनबाट पछि हटेका छन् ।
सबै क्षेत्रबाट विधेयकप्रति आलोचना बढेपछि प्रधानमन्त्री देउवाले कानुनमन्त्री शर्मालाई मनोनयनको अघिल्लो दिनभन्दा बढी कार्यकाल लम्ब्याउने गरी थालिएको कानुन संशोधन प्रक्रिया रोक्न निर्देशन दिएका छन् । उनको निर्देशनसँगै विधेयक अगाडी बढ्ने प्रक्रिया पनि रोकिएको छ । अब संसदको कार्यकाल १३ दिनमात्रै बाँकीरहने छ ।
प्रतिनिधिसभाको मिति घोषणासँगै कामचलाउ हैसियतमा ओर्लिएको सरकारले संसद्कै कार्यकाल लम्ब्याउन खोज्नु राजनीतिक दृष्टिले अवैध, कानुनी दृष्टिले असंवैधानिक र नैतिक दृष्टिले गलत कदम भएको भन्दै यसको चौतर्फी विरोध भएको थियो । कामचलाउ सरकारलाई संसदकाे कार्यकाल थप्ने र अन्तिम घडीको प्रतिनिधिसभालाई आफ्नो आयु आफैं बढाउने छुट नभएको भन्दै देउवामाथि विधेयक बिनासर्त फिर्ता लिनुपर्ने दवाव बढेको थियो ।
कानूनमन्त्री शर्माले तयार पारेको विधेयकबारे प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार बिहान भएको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानले विवाद बढाउने भन्दै विधेयक अघि नबढाउने सहमति भएको थियो ।
प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले कानुनी अस्पष्टता हटाउन र अराजकता रोक्न संसद्को कार्यकाल नवनिर्वाचित सांसदको पहिलो बैठकसम्म रहने व्यवस्था गर्न खोजिएको बताएका थिए । लगत्तै आइतबार नै उनलाई गठबन्धनको बैठकमा बोलाएर विधेयक अघि नबढाउन देउवाले निर्देशन दिएका थिए । संशोधन विधेयक आइतबारको बैठकमा अघि बढाउन खोजिएको थियो ।
चुनावपछि पनि प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउन सरकारले ल्याएको विधेयकप्रति प्रमुख प्रतिपक्ष एमालेले पनि विरोध जनाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री देउवाबीच यसै विषयमा फोन वार्तासमेत भएको थियो । स्रोतका अनुसार ओलीले कानूनमन्त्रीका कारण तपाई फस्दै हुनुहुन्छ भन्दै विधेयक तत्काल फिर्ता लिन सल्लाह दिएका थिए ।
यता निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदको कार्यकाल लम्ब्याउने विधेयक ल्याउँदा निर्वाचनमा प्रत्यक्ष प्रभाव पर्ने र व्यवहारिक हिसावले पनि यो प्रक्रिया गलत हुने बताएका थिए । कार्यकाल लम्ब्याउने विधेयकबारे आयोगले सोमबार नै विज्ञप्ती समेत जारी गरेको छ । आयोगले विज्ञप्तीमा संसद्को कार्यकाल थप्न सरकारले प्रतिनिधि सभामा दर्ता गरेको विधेयकप्रति आपत्ति जनाएको छ ।
आयोगले सरकारले आफूसँग परामर्श गरि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति समेत तोकिसकेको अवस्थामा विधेयक ल्याउनु वाञ्छनीय नभएको जनाएको छ । आयोगले संविधानमा समेत प्रतिनिधिसभा तथा प्रदेशसभाका सभामुख तथा उपसभामुखको कार्यकाल निर्वाचनको मनोनयन गर्ने मितिभन्दा अघिल्लो दिनसम्म कायम रहने विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
रास्वपाको सचिवालय बैठक सोमबार बस्ने
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार