एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल पेको क्यूआर प्रयोग गरी डिजिटल भुक्तानी गर्न सकिने
नेपालबहस संवाददाता
भदौ २०, २०७९ मंगलबार ०:३४:८
२० भदौ, काठमाडौं । सहज एवं सबल बैंकिङकाे मूल रणनीति अनुरुप गतिशील बैंकिङकाे अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ (NIC ASIA MoBank) एपबाट नेपाल क्लियरिङ हाउसको NEPALPAY काे QR स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ ।
सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । अब (NIC ASIA MoBank) प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको NEPALPAY को QR स्क्यान गरी सहजरुपमा भुक्तानी गर्न सक्नेछन् । नेपालमा पछिल्लो पटक डिजिटल कारोबार बढिरहेको परिप्रेक्षमा NEPALPAY सँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
नेपालको बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै अर्थात् २० लाख भन्दा बढी प्रयोगकर्ताहरू रहेको यस (NIC ASIA MoBank) लाई बैंकले भर्खरै Omnichannel प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ । ‘सब थोक यसमै छ’ भन्ने नाराका साथ बैंकले ल्याएको सेवाबाट ग्राहकहरूले अधिकतम बैंकिङ सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् र निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ ।
यस एपबाट ग्राहकहरूले QR भुक्तानीका अलावा नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन, नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, IPO आवेदन र लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ सेवाहरू डिजिटल रुपमा प्राप्त गर्न सक्नेछन् । साथै, यस बैंकमा खाता नहुने ग्राहकले पनि (NIC ASIA MoBank) एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नेछन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङकाे अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना शहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूह बीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार
युवाहरूबीच कुटपिट हुँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पूर्वसभामुख ढुङ्गानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली
मंसिर २, २०८१ आइतबार
भारतले गर्यो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण
मंसिर २, २०८१ आइतबार
पाथीभरा क्षेत्रबाट एक हजार किलो फोहर संकलन
मंसिर २, २०८१ आइतबार