बिरुवामा मुक्तिनाथ बैंकको वितीय साक्षरता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ २०, २०७९ मंगलबार ३:३८:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/Mukti-nath-Photo-e1662393937291_6c0WJ5MElf.jpg)
२० भदौ, स्याङ्जा । मुक्तिनाथ विकास बैंकले स्याङ्जाको बिरुवा गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको बिरुवा शाखाका ९९ वटा महिला समूहमा आबद्ध सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
वित्तीय साक्षरता कार्यक्रममा बोल्दै बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु ग्रामिण क्षेत्रमा पुग्न थालेको बताए । वित्तीय संस्थाहरु ग्रामीण क्षेत्रमा पुगेपछि महिलाहरुमा आर्थिक चेतनाको विकास हुन थालको समेत उनले सुनाए । उनले सानासाना वचतबाट मात्रै ठूला आर्थिक गतिविधि संचालन गर्न सकिने बिचार व्यक्त गरे ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका क्षेत्रिय तथा उपक्षेत्रिय कार्यालय समन्वय प्रमुख बाबुराम ढकाल, बिरुवा गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष नबिन कुमार आलेले महिलाहरुको आर्थिक विकास विना समाज रुपान्तरण गर्न नसकिने बताए । समाज रुपान्तरणका लागि महिला सशक्तिकरण गर्नु आवश्यक रहेको उनीहरुको भनाई थियो ।
वित्तीय साक्षरता कार्यक्रममा बैंक स्याङ्जाका अनुगमन अधिकृत बालकृष्ण रेग्मी, मुक्तिनाथ कृषि कम्पनीका विपिन कार्कीले वित्तीय साक्षरताले ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुमा वचत गर्ने बानीको विकास गरेको स्पष्ट पारे । वचत गर्ने बानीले आर्थिक रुपमा पर्ने आपत्तकालिन समस्या समाधान गर्न सहज हुने उनीहरुले बताए ।
मुक्तिनाथ विकास बैंक बिरुवा शाखा अन्र्तगत गठित ९९ वटा महिला समूहमा झण्डै २६ करोड लगानी रहेको बैंकले जनाएको छ । बैंकको लगानीमा ग्रामीण क्षेत्रका करिब २ हजार ५ सय महिलाहरुले स्वरोजगारका काम गर्दै आएका छन् । बैंकले बिरुवा र हरिनास गाउँपालिका र भीरकोट नगरपालिकाका केहि वडामा सेवा संचालन गर्दै आएको छ ।
मुक्तिनाथ विकास बैंक बिरुवा शाखामा आबद्ध महिला सदस्य नरुकुमारी खड्काको अध्यक्षतामा भएको वित्तीय साक्षरता कार्यक्रममा बैंकका शाखा प्रबन्धक ख्याम बहादुर अधिकारीको स्वागत तथा अनिता थापाले संचालन गरेकी थिईन । कार्यक्रममा समूहमा आबद्ध महिला प्रतिनिधिहरुले समूहमा देखिएका चुनौती र सम्भाबनाका विषयमा बोलेका थिए ।
महिलाहरुको आर्थिक रुपान्तरणमा केन्द्रित मुक्तिनाथ विकास बैंकले महिलाको आर्थिक विकास विना समाज अध्यारो हुने बताउँदै आएको छ । महिलाको आर्थिक विकासका लागि बैंकले विगत १५ वर्षदेखि उनीहरुलाई स्वरोजगार मुलक कार्यक्रममा समाबेश गरेको छ । बैंकले लद्युवित्त संचालनमा रहेका देशहरु मध्ये नेपालमा सस्तोदरमा महिला समूहलाई लगानी गर्दै आएको दाबी गरेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार