बुङमती घुम्न सघाउने मोबाइल एप तयार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ २०, २०७९ मंगलबार ३:४५:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/Bungamati-Mobile-App-New_72ZjOVaV31.jpg)
२० भदौ, काठमाडौं । ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको पुरानो बस्ती बुङमति घुम्न सघाउने मोबाइल एप तयार भएको छ। ललितपुर वडा नम्बर २२ मा पर्ने पुरानो बस्ती बुङमती घुम्ने पर्यटकको सहजताका लागि पर्य सम्पदा परियोजनाअन्तर्गत Bungamati नामक एप तयार गरिएको हो।
एपमा बुङमतीभित्रका ४० भन्दा बढी मुर्त सम्पदाबारे जानकारी उपलब्ध छ। जसले आन्तरिक तथा बाह्य पर्यटकलाई पुरानो सम्पदा बस्ती बुझ्न र घुम्न सजिलो बनाउने अपेक्षा गरिएको छ। यो सम्पदा बस्तीले प्रविधि अपनाएर सुरु गरेको नयाँ प्रयास हो।
बुङमती, काठमाडौं उपत्यकाको पुराना सम्पदा वस्तीहरु मध्ये एक हो । जसलाई सरकारले सम्पदा बस्ती घोषणा गरेको छ। यहाँ मच्छिन्द्रनाथ, कार्यविनायक, भैरव, मनकामनाजस्ता धार्मिक महत्व बोकेका मन्दिरहरु छन्।
परम्परा र रीतिरिवाजहरुले पनि भरिपूर्ण बस्ती भएकाले बुङमती पर्यटकको रोजाइमा पर्ने गर्छ। काठमाडौंबाट छोटो दूरीमा अवस्थित रहेको पुरानो सम्पदा बस्ती भएकाले आन्तरिक पर्यटकहरु समेत फुर्सदमा बुङमती पुग्ने गर्छन्।
यसरी बुङमती घुम्न आउने पर्यटकलाई यहाँका धार्मिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदाबारे जानकारी दिन मोबाइल एप्लीकेशन तयार पारिएको पर्य-सम्पदा परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत प्रबिन बज्राचार्यले जानकारी दिए।
एप्लीकेशनमा अहिले बुङमतीको नक्सासँगै बस्तीभित्र रहेका घुम्नै पर्ने ठाउँको तस्विरसहित संक्षिप्त जानकारी समावेश छ। आउँदा दिनमा प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै एपलाई परिमार्जन गरिने उनको भनाई छ।
बुङमती घुम्न सघाउने एप गुगल प्ले स्टोरमा उपलब्ध छ। साथै बुङमतीका धार्मिक एवं साँस्कृतिक सम्पदासँगै विभिन्न चाडपर्व, रितिरिवाजलगायत विस्तृत जानकारीका लागि वेबपोर्टल www.bungamati.info पनि संचालनमा छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
स्टारलिङ्क विस्तारका लागि मस्कसँग वार्ता भइरहेको बङ्गलादेशको भनाइ
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार