दक्षिण कोरियामा शक्तिशाली आँधीः हजारौँलाई सुरक्षित क्षेत्रमा सारियो
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १६:२:४६
२१ भदौ, काठमाडौं।
दक्षिण कोरियामा मंगलबार आएको आँधी हिन्नामनोरका कारण देशको दक्षिणी भागका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । उक्त क्षेत्रमा भारी वर्षा र हावाहुरी चल्ने अधिकारीहरूले बताएका छन् ।
सेन्ट्रल डिजास्टर एण्ड सेफ्टी काउन्टरमिजरको कार्यलयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पूर्वी तटीय सहर उल्सानमा वर्षाले बगेको खोलामा खसेर २५ वर्षीय एक व्यक्ति बेपत्ता भएको उल्लेख गरेको छ । हिन्नामनोर आँधी बन्दरगाह सहर बुसाननजिकै झर्नुअघि देशको दक्षिणी टापु जेजु प्रभावित गरेको थियो । आँधीका कारण त्यहाँका हजारौं मानिस बिजुलीविहीन बनेका छन् ।
आँधीपछिको भारी वर्षा र छालले समुद्र तटको सडक र पसलमा ठूलो क्षति पुगेको छ । उक्त आँधी ४३ मिटर प्रति सेकेण्डको वेगमा अघि बढेको अधिकारीहरुले बताएका छन् । उक्त आँधी कोरियाली प्रायद्वीपबाट स्थानीय समयअनुसार बिहान ७ बजेपछि दक्षिणपूर्वी शहर उल्सानको पानी हुँदै तटीय शहर जियोजेमा बढेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
जापान एयरलाइन्समा साइबर आक्रमण, दर्जनभन्दा बढी उडानमा ढिलाइ
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार