यूक्रेनलाई बेलायतका आगामी प्रधानमन्त्रीबाट सहयोगको अपेक्षा
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १६:२७:५३
२१ भदौ, काठमाडौं। यूक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बेलायतमा कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रसले युक्रेनमाथिको जारी रुसी हमलालाई विफल पार्न किभलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । हप्तौसम्म विभिन्न चरणको निर्वाचनपछि ट्रस सोमबार कन्जर्भेटिभ नेतृमा विजयी भएकी थिइन् । उनी आज बेलायतको प्रधानमन्त्री हुँदैछिन् ।
जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा आफू ट्रससँग सहयोगको सुरुवातको लागि तत्पर रहेको बताए । ‘ हामी सँगसँगै हाम्रा नागरिकको रक्षा गर्न र सबै रुसी विनाशकारी प्रयासलाई विफल पार्न सक्षम हुनेछौं’, जेलेन्स्कीले भने।
‘युक्रेनमा हामी उहाँलाई राम्ररी चिन्छौं । उनी सधैं युरोपेली राजनीतिको उज्यालो पक्षमा छिन’, राष्ट्रपति जेलेन्स्कीले भने, ‘मुख्य कुरा भनेको हाम्रो एकता जोगाउनु हो ।’ २४ फेब्रुवरीमा रुसी हमलापछि बेलायत युक्रेनप्रति समर्थन जनाउँदै रुसको आलोचना गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
जापान एयरलाइन्समा साइबर आक्रमण, दर्जनभन्दा बढी उडानमा ढिलाइ
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार