ओली सवार विद्युतीय बस सञ्चालनमा आउँदा कोषका बस २० महिनादेखि बन्दको बन्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १६:५०:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/bijuli_yxR1TFjPEK.jpg)
२१ भदौ, बुटवल । तत्कलिन नेकपा नेतृत्व सरकारका प्रधानमन्त्री केपी ओली ठूलै तामझामका साथ उद्घाटन गरेका निजि कम्पनिका विजुली बस सञ्चालनमा रहेपनि लुम्बिनी विकास कोषले अनुदानमा ल्याएका बस गएको २० महिनादेखि संञ्चालनमा आउन सकेका छैनन् ।
उनले निजि कम्पनिका विजुली बस उद्घाटन गर्दा विकासमा नेकपा नेतृत्वको सरकारले ठूलै प्रगति गरेको भन्दै भाषणसमेत दिएका थिए । ओली त्यही बस चढेर मणिग्रामदेखि भैरहवा हुँदै लुम्बिनी पुगेका थिए । तर, कोषका बसका विषयमा उनले केहि बोलेका थिएनन् । कोषका बस अहिले सञ्चालनमा छैनन् ।
विजुली बस सञ्चालनमा नआउँदा आपत र हतारमा परेका यात्रुहरुहलाई सवारीसाधन नपाउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलसम्म पुग्न सास्ती भोग्नु परिरहेको छ । जापानले अनुदानमा उपलब्ध गराएका दुई दर्जन बढी विजुली बस र कार वर्षौंदेखि लुम्बिनीमा थन्किरहेका बेला तत्कालिन प्रधानमन्त्री ओलीले निजी कम्पनीले सञ्चालनमा ल्याएका विजुली बसको उद्घाटन गरेर विकासको मोडल प्रस्तुत गरेका थिए ।
ओलीले तामझामका साथ उद्घाटन गरेका विजुली बस सुन्दर यातायात प्रालि बुटवलले सञ्चालनमा ल्याएको थियो । २ जेठ २०७९ देखि सञ्चालनमा आएको विमानस्थलमा यात्रुले यस्तो समस्या भोगिरहँदा यात्रु सुविधाका लागि भनेर ल्याइएका पाँचवटा १९ सिटे बस र १४ वटा पाँच सिटे भ्यान २० महिनादेखि थन्किएका छन् ।
एसी जडित यी विजुली बसहरु स्वचालित ढोका भएका र शारीरिक रुपमा अशक्तका लागि सजिला थिए । एशियाली विकास बैंकको ३५ करोड रुपैयाँ अनुदानमा लुम्बिनी विकास कोषले किनेका अन्तर्राष्ट्रिय मापदण्डका यी सवारी साधन विमानस्थलदेखि लुम्बिनीसम्म चलाउने सोच थियो ।
कोषकाअनुसार यी गाडी चलाउने योजना अझै बनिसकेको छैन । लुम्बिनीमा १३ करोड ९० लाख लगानीमा चार्जिङ स्टेसन बने पनि विमानस्थलमा भने छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विमानस्थलमा चार्जिङ स्टेसन राख्ने ठाउँ एक महिनाभित्र बनाउने तयारी छ । तर, विमानस्थलबाट लुम्बिनी जाने–आउने गाडी चलाएर मात्र यात्रुको तत्कालको समस्या समाधान हुने देखिन्न ।
अहिले बसपार्क र होटलहरुबाट बिहानै विमानस्थल पुग्न यात्रुलाई बढी समस्या छ । कोषको बिजुली गाडी चलेपनि त्यो मुलतः विदेशी पर्यटक केन्द्रित हुने बताइएको छ । स्वदेशी यात्रुलाई परिरहेको समस्या कसरीबारे भने सरकार पक्ष मौन देखिएको छ । विमानस्थल अगाडि ६ लेनको सडक छ । यस्तो भव्य सडकमा गुड्ने सार्वजनिक गाडीहरुको अवस्था भने नाजुक छ ।
यो रुटमा चल्ने अधिकांश मिनी बस थोत्रा छन्, जसमा यात्रुलाई कोचाकोच गरेर चढाइन्छ । मर्मतसम्भार नगरिएका थोत्रा गाडीका सिटमा बसेर यात्रा गर्न यात्रु बाध्य छन् । यी बस कति बजेसम्ममा, कुन ठाउँ पुग्छन् भन्ने निश्चित हुँदैन । अबको भैरहवामा यो खालको सार्वजनिक यातायात कुनै पनि हिसाबमा अनुपयुक्त हुने व्यवसायीहरु बताउँछन् । यसले पनि अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्न यात्रुलाई सास्ती छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
रुपन्देहीमा लागुऔषध कारोबारी बढे, ठूलो परिणामको चरेससहित ७ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार