शेरजंगले दिएको सन्देश : हाम्रो समाज र हिरासतमा रहेका बेला फोटो खिच्ने रवि
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १९:२१:१०
♦दीपक शर्मा
२१ भदौं, काठमाडौं । कुनै पनि व्यक्ति हिरासतमा रहेका बेला अक्रो व्यक्ति गएर फोटो खिच्न पाइँदैन् । तर, सोमबार राष्ट्रिय स्वन्तत्र पार्टीका संयोजक रवि लामिछानेले हिरासतमा रहेका शेरजंग गुरुङलाई भेटघाट गरेको फोटो समेत सार्वजनिक गरे । आफुलाई चर्चामा ल्याउन र पीडितप्रति सहानुभूति देखाउन रविले गरेको यो कार्य निन्दनीत त छदैछ संगसंगै उनलाई कारवाहीको भागिदार बनाउन पनि प्रशासनले कदम चाल्नुपर्छ ।
हिरासतमा रहेका व्यक्तिसंग बसेर फोटो खिच्ने वातावरण बनाएको र सो सामाजिक सञ्जालमा आएको भन्दै प्रहरी वृत्त दरबारमार्गका डीएसपी कोपिला चुडालमाथि छानबिन सुरु गरिएको छ भने प्रहरी निरीक्षकको जिम्मेवारी खोसीएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइन बस्न’ लगाएको आरोपमा पक्राउ परेर हिरासतमा रहेका बेला रवि लामिछानेले हिरासत कक्षमा पुगी भेट गरेका थिए ।
हिरासतमा रहेका व्यक्तिको फोटो समेत खिचेर सार्वजनिक गरेको पाइएको भन्दै चुडालमाथि छानबिन प्रक्रिया अघि बढाइएको हो । यही प्रकरणमा दरबारमार्गकै इन्स्पेक्टर विकास तामाङको जिम्मेवारी समेत खोसिएको छ । तर नियम अनुसार हिरासतमा रहेका व्यक्तिसंग भेटघाट गर्न पाइएपनि उसैसंग बसेर फोटो खिच्नेकाम पनि गर्न पाइदैन ।
यो नियमको उल्लघङन भएको छ यसको जिम्मेवारी रवि भएपनि त्यसको सिकार भने डीएसपी र इन्सपेक्टर भएका छन । विश्वास नै ठुलो आधार हो विश्वास टुटेको खन्डमा केहि भन्न सकिने अवस्था रहदैन । हिरासतमा रहेका लाई भेटन गएका रविले ति प्रहरी अधिकारीहरुको अनुमति लिए होलान र फोटो नखिच्ने भन्ने सहमति पनि भएको होला । अव डीएसपी र इन्सपेक्टरलाई के हुन्छ भन्न सकिदैन तर रविले पनि विश्वास तोडिदिनु हुनेथिएन् ।
नियम सवैका लागी बरावर हुनेभन्दा मन्त्रीको ठाडो आदेशमा पक्राउ परका शेरजंग गुरुङलाई हिरासतमा लिन दवाव दिदै अभद्रव्यवहारको मुद्दामेत लगाइएको थियो । संञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मन्त्रीको कार्यशैलीप्रति व्यापक विरोध भएपछि गृहमन्त्रीले नै फोन गरेर हिरासतमा रहेका गुरुङलाई छोडन भनेपछि प्रहरीले सोमबार बेलुका उनलाई छोडेको थियो । यस अघि पक्राउ परेका सुरक्षा गार्डलाई प्रहरीले थप ५ दिन हिरासतमा राख्न अनुमति पाएको थियो । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा थुनामुक्त गरिएको हो ।
नियम कानून बनाउने पदमा रहेका जनताका प्रतिनिधिहरुले आफैले बनाएको ऐन कानुलाई मिच्दै हिडने र त्यसको खिल्ली उडाउने काम भैरहेको अवस्थामा हामिले कस्ता खालका जनप्रनिधिलाई चुनेका रहेछौ भन्ने खालको सन्देश पनि गएको छ । ऐन नियम कानून सवैका लागी वरावर हो त्यसको पालना गर्नु सवैको कर्तव्य हो ।
एउटा सामान्य नागरिकले आफनो काम इमानदारी पूर्वक निभाइरहेका बेला उसलाई प्रोत्साहन गर्नु पर्ने अवस्थामा उल्टै शक्ति र सत्ताको उन्मादमा त्यस्ता इमादारहरुलाई थुनाउदै जाने हो भने किन आवश्यकता परर्यो र ऐन नियम कानूनको, जसले जे गरे पनि हुने भयो हैन र ? । तर, यो घटनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ठुलो झापट लागेको छ भने शेरजंग गुरुङ शेर बनेर थुनामुक्त भएका छन ।
उनले सिकाएको पाठ आफनो काम इमान्दारी पुर्वक निभाउनु पर्छ भन्ने सन्देश सवैलाई दिएका छन । यो देशमा यस्तै शेरजंग गुरुङ जस्ता व्यक्तिहरुको आवश्यकता देखिन्छ । सत्ता र शक्तिमा रहनेहरुले पनि आगामी दिनमा यो घटनाबाट पाठ सिक्न आवश्यक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार