निर्मल लामा बहुप्राविधिक शिक्षालयको थप नयाँ भवन बन्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १७:८:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/normal-lama-education_jRJHBdXkPf.jpg)
२१ भदौ, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ आत्मनिर्भर हुँदै गएको छ । यसअघि दुई ठूला भवनका ६४ आधुनिक कोठामा संचालन हुँदै आएको शिक्षालयमा अब थप दुई अत्याधुनिक भवन बन्ने भएको छ । यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी०बाट सम्बन्धनप्राप्त शिक्षालय हो ।
दक्षिण कोरिया सरकारको कोइका इन्टरनेशनलले दुई नयाँ भवन र शैक्षिक उपकरणसहितलाई रु एक अरब पाँच करोड रकम सहयोग गरेको छ । नयाँ भवनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार शिलान्यास गरे ।
विसं २०७५ साउन २८ गते स्थापना भएको सो शिक्षालयमा हाल हिमाली, पहाडी र मधेससहितका २८ जिल्लाका आठ सय विद्यार्थी प्राविधिक धारका सात विषयमा अध्ययन गर्दैछन् ।
यसमा होटल म्यानेजमेन्ट, फुड एण्ड डेरी टेक्नोलोजी, सिभिल इञ्जीनियरिङ, जियोमेट्रिक इञ्जीनियरिङ (सर्वे नापी), फरेष्ट्री, फार्मेसी र रेडियोग्राफीसहितका विषय सामेल छन् । माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छात्रछात्रा शिक्षालयको भर्ना प्रक्रियामा सामेल हुन्छन् । अध्ययन र अभ्यास हुने विषयका लागि निर्धारित संख्याभित्र सिटीइभिटीले स्वच्छ प्रतिस्पर्धा गराइ छनोट भएका विद्यार्थी भर्ना लिइँदै आइएको शिक्षालय प्रशासनले जनाएको छ ।
प्राविधिक धारको पछिल्लो नतिजा प्रकाशनमा आफ्नो शिक्षालयका जियोमेट्रिक इञ्जीनियरिङ विषयका विद्यार्थीले मुलुकभित्रकै उत्कृष्ट नतिजा ल्याएका शिक्षालयका प्रमुख रमणकुमार मेहताको भनाइ छ । शिक्षालयले हालसम्म सिभिल इञ्जीनियरिङ र जियोमेट्रिक इञ्जीनियरिङ विषयको एक–एक समूह (ब्याच) पासआउट गराइसकेकोे छ ।
“हाम्रोे शिक्षालयले सरकार, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, विभिन्न दातृ निकायबाट राम्रो वास्ता र सहयोग पाउँदैछ”, शिक्षालय प्रमुख मेहता भन्छन, “भौतिकरूपमा आत्मनिर्भरतातर्फ उन्मुख हाम्रो शिक्षालयले दक्ष जनशक्ति निर्माणको कामलाई महत्वका साथ अघि बढाउँछ ।”
शिक्षालयमा हाल ४३ शिक्षक र अन्य सहयोगी कर्मचारी छन् । पठनपाठनका लागि शिक्षक जनशक्ति थप आवश्यकता रहेको शिक्षालय प्रमुखमेहताले बताए । शिक्षालय मधेसको मात्र नभएर राष्ट्रकै गौरव गर्न लायक बनाइने शिक्षकहरूको संकल्प रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
फागुन १० गतेदेखि आयोजना हुने स्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा
फागुन ६, २०८१ मंगलबार
बाह्रबिसे बजारका अग्निपीडितलाई आर्थिक सहयोग
फागुन ६, २०८१ मंगलबार
राष्ट्रियसभा बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
तोलामा सात सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
फागुन ६, २०८१ मंगलबार
चीनले समुद्रको ६,५६० फिट मुनी बनाउन थाल्यो ‘डिप सि स्टेशन’
फागुन ६, २०८१ मंगलबार
साउदीले विश्वका १०२ देशमा सातसय टन खजुर वितरण गर्ने
फागुन ६, २०८१ मंगलबार