कर्मचारीको सरुवा, बढुवा र नियुक्तीमा आजदेखि रोक
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १७:१०:२७
२१ भदौ, काठमाडौं। सरकारले आजदेखि कर्मचारीहरूको नियुक्ति, सरूवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ। निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले कर्मचारी सरुवा, बढुवा वा पदस्थापन गर्नुपर्ने भए भदौ २० गतेभित्र गरिसक्नुपर्ने निर्देशन दिएको थियो ।
आयोगको उक्त निर्देशकन बमोजिम आजदेखि कुनै पनि कर्मचारीको सरूवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो। आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि अर्थात् गत भदौ २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पारे।
सहायक प्रवक्ता अर्यालले भने, ‘निर्वाचन आयोगले निर्वाचन तयारीको क्रममा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई विभिन्न खालको निर्वाचनसँग सम्बन्धित निर्देशनहरू दिँदै आएको छ।
यसै सन्दर्भमा भदौ २ गते आयोगले नेपाल सरकारलाई दिएको निर्देशन बमोजिम संघ, प्रदेश र स्थानीय तहका कुनै पनि स्वीकृत दरबन्दीभित्र यदि त्यहाँ पद र पद नाममा कुनै रिक्तता छ भने ती रिक्तता निर्वाचन व्यवस्थापन गर्नका लागि विभिन्न कारणबाट अप्ठ्यारो पर्न सक्ने भएका कारणबाट भदौ २० गतेसम्म ती पद पूर्ति गरिसक्ने अथवा सरूवा गरिसक्नुपर्ने भए पनि गरिसक्नु भन्ने आशयले निर्वाचन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको थियो।’
उनले भने, ‘साथसाथै सरुवा, बढुवा, नियुक्ती सम्पन्न भइसकेपछि र त्यहाँ कार्यरत जनशक्तिको पनि विवरण तयार गर्ने, जसलाई निर्वाचन प्रयोजनका लागि खटाउन सकियोस् भन्ने हिसाबले जनशक्ति व्यवस्थापन आयोगले निर्देशिका पनि स्वीकृत गरिसकेको छ।’ आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार