बिग बोसमा विवादित राज कुन्द्रा, शो चाँडै दर्शकमाझ आउँदै
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १७:३५:२८
२१ भदौं, एजेन्सी । अभिनेता सलमान खान हिट रियालिटी शो ‘बिग बोस’ नयाँ सिजनका साथ चाँडै दर्शकमाझ आउँदैछन् । शोलाई लिएर अहिलेदेखि नै चर्चा परिचर्चा सुरु भएको छ । शोमा सहभागिता हुने सेलिब्रेटीको नाम पनि बाहिर आइरहेको छ । तर, अब यो सूचीमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पनि जोडिएका छन् ।
समाचारअनुसार राजलाई ‘बिग बोस १६’ का लागि प्रस्ताव गरिएको छ । शोका निर्माता र राजबीच कुराकानी चलिरहेको छ । राज पनि यो शोमा सहभागिता जनाउनका लागि सकारात्मक छन् । राजले आफ्नो वास्तविक जीवन र साँचो कुरा देशको अगाडि आउनुपर्ने सोचिरहेकाले उनी शोमा जान लालयित छन् ।
राजभन्दा अघि ‘बिग बोस’ को पछिल्लो सिजनमा शिल्पाकी बहिनी अर्थात राजको साली शमिता प्रतिष्पर्धी थिइन् । शमिता पहिला बिग बोस ओटीटीको हिस्सा थिइन् ।
यसपछि उनी बिग बोस १५ मा प्रतिष्पर्धी भइन् । उनको प्रस्तुतिलाई दर्शकले निकै मनपराएका थिए । राज पछिल्लो समयमा विवादमा तानिएका थिए । खास गरी पोर्नोग्राफी केसमा उनी मुछिएपछि जेलको हावा पनि खानु परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार
वायुसेवा निगमको आन्तरिक उडान ठप्प
पुष ९, २०८१ मंगलबार