जेटस्टारले बालीमा फसेका यात्रुसँग माग्यो माफी
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १८:२१:५१
२१ भदौ, एजेन्सी । जेटस्टारले गत हप्ता उडान रद्दका कारण इन्डोनेसियाको बालीमा फसेका करिब ४ हजार यात्रुसँग माफी मागेको छ । उक्त एयरलाइन्सले सेप्टेम्बर १ देखि डेनपसारबाट सिड्नी र मेलबर्नका लागि आठ उडान रद्द गरेको जनाएको छ ।
आक्रोशित यात्रुहरूले सामाजिक सञ्जालमा अन्तिम मिनेटमा आफूहरू ठगिएको गुनासो गरेका छन् । १८० यात्रुहरु अझै पनि बालीमा फसेको जेटस्टारले जनाएको छ । अष्ट्रेलियाको एयरलाइन क्वान्टासद्वारा सञ्चालित उक्त एयरलाइनले अधिकांश प्रभावित यात्रुहरूलाई खाने र बासको व्यवस्था गरिएको जनाएको छ ।
तीन सयभन्दा बढी ग्राहक बोकेर इन्डोनेसियाको डेनपसारदेखि अस्ट्रेलियाको मेलबर्नसम्मका ग्राहकलाई उडान भर्न मंगलबार दुईवटा विशेष उडान सञ्चालन गर्ने एयरलाइन्सले जनाएको छ ।
डेनपसारबाट मेलबर्न र सिड्नीका लागि निर्धारित अन्य तीन उडान बाहेक दुई विशेष उडान सञ्चालन गर्न लागिएको हो । क्वान्टासले फेव्रुवरीमा अस्ट्रेलियाले आफ्नो सिमाना पुनः खोलेपछि उडान रद्द र लगेज हराउने समस्याबाट गुज्रिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार