आन्तरिक विवादका कारण देवीदह ओझेलमा

नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १८:४७:४८

♦ लोकेन्द्रप्रसाद यादव
२१ भदौ, सिरहा । लहान नगरपालिका–१७ दौलतपुर, बलानसेरमा अवस्थित देवीदह आन्तरिक विवादका कारण ओझेलमा परेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब सात किलोमिटर उत्तरमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई छुट्याउने बलान नदीको किनारामा रहेको छ ।
देवीदह सामुदायिक वन उपभोक्ता समूहमार्फत संरक्षणमा जुटेका स्थानीय बासिन्दाबीचको आन्तरिक विवाद कारण यस दहको संरक्षणमा ध्यान पुग्न सकेको छैन । अहिले दहभरि फोहर थुप्रिएको छ भने डुङ्गा बिग्रिएर मिल्किएको छ र कोष रितो भएको छ । दहसम्म पुग्ने मुख्य बाटो हिलाम्मे छ भने बनमारा झारले दहको डिल ढाकेको छ ।
दह घुम्न आएका भगवानपुर गाउँपालिका–४ का निराजन यादवलाई यहाँको अवस्था हेर्दा निकै चिन्तित बनायो । उनी भन्छन्, “पहिला हामी यहाँ घुम्न आउँदा मानिसको घुइँचो थियो । दहको डिल सफा थियो तर अहिले झाडी उम्रेको छ र मुख्य आकर्षण डुङ्गा (नाउ) पनि चलेले छैन ।” दैनिक ५०० पर्यटक पुग्ने देवीदहमा अहिले फाट्टफुट्ट मात्रै पर्यटक पुग्ने गरेको स्थानीय अरुण सिंहले बताए ।
देवीदह करिब छ बिघा क्षेत्रफलमा फैलिएको छ । प्रथम राष्ट्रपति डा. रामवरण यादवको पालामा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रमअन्तर्गत यस दहको सौन्दर्यीकरण गरिएको थियो । नेपाली सेनाले यस दहलाई २०७२ असार ३ गते देवीदह सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको थियो । दह सञ्चालनका विषयमा उपभोक्ता समूहका सदस्यबीच विवादका कारण यसको संरक्षणमा ध्यान जान सकेको छैन । देवीदह सञ्चालनसम्बन्धी समस्या समाधान गर्न स्थानीय सरकारले कुनै चासो नराखेको स्थानीयवासीको गुनासो छ ।
केही वर्षअघिसम्म लहान बजारमा आन्तरिक पर्यटकको गतिविधि बढाउन पनि यस दहको अहम् भूमिका थियो । देवीदह नजिकै निस्कने पानीको मूलमा नुहाउँदा शरीरमा रहेको घाउ खटिरा निको हुने धार्मिक विश्वास रहिआएको पाइन्छ । वर्षैंभरि निस्कने यस मूलको पानीलाई पछि व्यवस्थित गर्दै दह बनाइएको थियो । उक्त दहलाई नै पछि देवीदह भनी नामकरण गरियो
उचित संरक्षणको अभाव र कोभिड महामारीपछि पर्यटकको चहलपहल कम हुँदा यो ठाउँ निकै सुनसान बन्न पुगेको छ । यस दहमा सञ्चालन गरिएका चार वटा डुङ्गामा बसेर पर्यटक मनमोहक दृश्यको आनन्द लिन पाउँदा निकै हर्षित हुन्थे । यहाँको प्राकृतिक वातावरणमा रमाउन भारतका विहारबाट समेत पर्यटक आउने गर्दथे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
फागुन १४, २०८१ बुधबार
बेलायतको विवादपछि के पाकिस्तानले एलोन मस्कसँग सम्झौता गर्न सक्छ ?
फागुन १५, २०८१ बिहिबार
दुई सिफ्टमा अपरेसन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि
फागुन १५, २०८१ बिहिबार
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न मन्त्रालयको आग्रह
फागुन १५, २०८१ बिहिबार
झापामा रिसाएका नारायणकाजी : तीन दिन प्रचण्डलाई दंग्याएर फेरि अभियानमा सरिक भए
फागुन १५, २०८१ बिहिबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
ट्रकको ठक्करबाट महिलाको मृत्यु
फागुन १५, २०८१ बिहिबार