पाकिस्तानका बाढी पीडितलाई क्याम्बोडियाको सहयोग
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १९:२२:३७
२१ भदौ ,एजेन्सी । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षामा आएको वर्षा र बाढीमा परेर पीडित भएकाहरुको सहयोगका लागि क्याम्बोडियाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
हाल दक्षिण पूर्वी एसियाली संगठन आसियनको अध्यक्ष पनि रहेको क्याम्बोडियाले पाकिस्तानका बाढी पीडितहरुका लागि ५० हजार अमेरिकी डलर बराबारको सहयोग उपलब्ध गराएको हो ।
क्याम्बोडियाको विदेश मन्त्रालयका प्रवक्ता चुम सोर्नीले सो कुराको जानकारी दिएका छन् । क्याम्बोडियाको विदेश मन्त्रालयले प्रकाशन गरेको एक विज्ञप्तिमा पाकिस्तानमा आएको बाढीका कारण परेको समस्यामा सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँगको ऐक्यबद्धताका लागि यो सहयोग उपलब्ध गराइएको बताइएको छ ।
सो विज्ञप्तिमा पाकिस्तानका लागि प्राकृतिक विपद परेका बेलामा गरिएको यो दोस्रो पटकको सहयोग रहेको पनि बताइएको छ । सो विज्ञप्तिमा जनाइएअनुसार सन् २०१० मा पनि क्याम्बोडियाले पाकिस्तानलाई ५० हजार अमेरिकी डलर सहयोग उपलब्ध गराएको थियो ।
पाकिस्तानको विपद व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीअनुसार पाकिस्तानमा भूकम्पबाट एक हजार दुई सय ९० जनाको ज्यान गएको छ भने अरु १२ हजार भन्दा बढी घाइते भएका छन् ।
यसैबीच पाकिस्तानमा गत २४ घण्टामा भारी मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ । मृत्यु भएका सबै पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध रहेका छन् । ती मध्ये कम्तीमा आठ बालबालिका र दुई महिला रहेका एनडीएमएले जनाएको छ ।
पाकिस्तानमा यस प्रकोपका कारण विभिन्न भागमा पाँच हजार दुई सय ७९ घर ध्वस्त भएका छन् भने ७६ ओटा पशुको मृत्यु भएको छ ।
पाकिस्तानमा मनसुनी वर्षापछिको बाढी र पहिरोबाट मध्य जुनदेखि हालसम्म एक हजार तीन सय २५ मृत्यु हुनुको साथै १२ हजार सात सय तीन घाइते भएका छन् ।
साथै, वर्षाका कारण देशभर १६ लाख ८८ हजार पाँच घर ध्वस्त भएका छन् भने सात लाख ५० हजार चार सय ८१ गाईवस्तुको ज्यान गएको छ । बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार