बङ्गलादेशका प्रधानमन्त्रीको राष्ट्रपति भवनमा स्वागत, आजै प्रधानमन्त्री मोदीसँग वार्ता हुँदै
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १९:३१:१
२१ भदौ, एजेन्सी । भारतको चारदिने भ्रमणमा सोमबार यहाँ आएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालाई आज बिहान राष्ट्रपति भवनमा औपचारिकरूपमा स्वागत गरिएको छ ।
उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका हुन् । उनले प्रधानमन्त्री मोदीसँग हात मिलाइन । विदेशमन्त्री एस जयशङ्कर पनि प्रधानमन्त्री मोदीका साथमा थिए । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको स्वागतका निम्ति राष्ट्रपति भवन सजिएको थियो ।
बङ्गलादेशकी प्रधानमन्त्री हसिनाले आज राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनले समकक्षी नरेन्द्र मोदीसँग पनि आजै भेटवार्ता गर्नेछन् ।
सोमबार यहाँ आउने वित्तिकै उनले भारतका विदेशमन्त्रीसँग भेट गरी द्विपक्षीय हितका विषयमा छलफल गरेकी थिइन् । हिजै उनले दिल्लीको प्रमुख पर्यटकीय एवम् तीर्थस्थल निजामुद्दीनको पनि भ्रमण गरे ।
सतह र सामुद्रिक सीमाङ्कन, रक्षा सहयोग बढाउने, सम्पर्क सञ्जाल विस्तार, विकास सहायता, सांस्कृतिक आदानप्रदान, ऊर्जा प्रवद्र्धन एवम् त्यसको व्यापार, बन्द व्यापार एवम् वाणिज्य दक्षिण एसियामा दिगो स्थायित्व कायम गर्नेलगायत पारस्परिक हित र चासको विषय वार्ताका शीर्ष विषयवस्तु हुनेछन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी र शेख हसिनाको दूरदर्शी नेतृत्वमा भारत र बङ्गलादेश बीचको बहुआयामिक सम्बन्ध क्रमशः सुमधुर बन्दै गएको छ भने प्रधानमन्त्री हसिनाको यो भ्रमणले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन बल मिल्ने बताइएको छ ।
भारतको ‘छिमेकीलाई पहिलो प्राथमिकता’ नीतिअनुरूप बङ्गलादेश एक महत्वपूर्ण साझेदार हो । नयाँदिल्लीले सुरक्षा, व्यापार, वाणिज्य, ऊर्जा, यातायात र विज्ञान तथा प्रविधि, प्रतिरक्षा, नदी तथा समुद्री मामिलालगायत सबै क्षेत्रमा सहयोग विस्तार गर्दै आएको छ ।
दक्षिण एशियामा बङ्गलादेश भारतको सबैभन्दा ठूलो व्यापार साझेदार हो । पछिल्लो पाँच वर्षका द्विपक्षीय व्यापार नौ अर्ब अमेरिकी डलरबाट बढेर १८ अर्ब डलर पुगेको छ । भारतका निम्ति बङ्गलादेश चौथो ठूलो निर्यात गन्तव्य पनि हो ।
सन् २०२१ मा दुई देशबीचको सम्बन्ध ५०औँ वर्षमा प्रवेश गरेपछिको उहाँको यो पहिलो भ्रमणलाई भारतले उच्च महत्व दिएको छ । सोही वर्ष प्रधानमन्त्री मोदीले बङ्गलादेशको भ्रमण गरेका िथए । सन् २०१५ यता दुवै देशका प्रधानमन्त्रीबीच १२ पटक भेट भइसकेको छ । गत वर्ष बङ्गलादेशको स्वतन्त्रताको ५०औँ वार्षिकोत्सव तथा त्यसका संस्थापक शेख मुजिबुर रहमानको १००औँ जन्मजयन्ती पनि मनाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार