तीन डिपो प्रमुख सरुवा गर्ने निर्देशक थानीको तयारी, आर्थिक चलखेलको आशंकाले सञ्चालक समितिमै विवाद
केदार भट्टराई (काका)
भदौ २१, २०७९ मंगलबार १९:५९:३०
२१ भदौ, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निर्वाचन आचासंहिताको उल्लघंन गर्दै तीन वटा ठूला डिपोका प्रमुखहरुको सरुवा गर्ने तयारी गरेका छन् । निगम कर्मचारी स्रोतका अनुसार मालदार मानिएका डिपोमा जानका लागि ठूलै रकम खर्चने परम्परा निगमभित्र रहँदै आएको छ ।
रकम चलखलेकै आधारमा हाल कार्यरत डिपो प्रमुखहरुलाई सरुवा गरेर उक्त ठाउँमा नयाँलाई पठाउने योजना कार्यकारी निर्देशन थानीले बनाइरहेको कर्मचारी स्रोतको भनाइ छ । नेपालबहससँग कुरा गर्दै निगम कर्मचारी स्रोतले भन्यो,‘ डिपो प्रमुख परिवर्तन गर्दा आर्थिक चलखेल भएको शंका उब्जिएपछि सरुवा गर्नेबारे सञ्चालक समितिमा समेत विवाद उत्पन्न भएको छ । निगम सञ्चालक समितिमा सहमति नभएपछि सोमबार गर्ने भनेको सरुवा रोकिएको हो ।’
थानीमाथि यसअघि पेट्रोल पम्पहरुसँग मिलेर पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको र पम्पलाई अगाडीको मुल्यमा तेल दिएर कमिशन लिएको आरोप पनि लगाइएको थियो । उनले पुरानो मूल्यमा तेल दिएर पम्प भरिएपछि बजार मूल्य बढेको सूचना जारी गराएको कर्मचारीहरु नै बताउँछन् । विभिन्न उपभोक्ता सम्बन्धी काम गर्दै आएका संघसंस्थाहरुले समेत थानीसहित उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रातारात कमिशन लिएर इन्धनको मूल्य बढाएको आरोप लगाएका थिए ।
निर्वाचन आयोगले आज (मंगलबार) देखि कुनै पनि कार्यलयका कर्मचारी सरुवा, बढुवा र पदस्थापन गर्न रोक लगाएको छ । आयोगले रोक लगाए पनि निर्देशक थानीले भने सोमबारभन्दा अगाडीको मिति राखेर उनीहरुको सरुवा गर्ने तयारी गरेका छन् । सोमबार मध्यरातिबाट कर्मचारी सरुवामा निर्वाचन आचारसंहिता लगाइएको छ ।
यसअनुसार कर्मचारी सरुवा र बढुवा गर्न नपाइने भएपछि उनले निगम व्यवस्थापन समक्ष अघिल्लो मिति राखेर भएपनि नेपालगन्जस्थित इन्धन डिपो, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय र पोखरास्थित गण्डकी प्रादेशिक कार्यालयको नेतृत्व हेरफेर गर्न चाहेको कर्मचारी स्रोतको भनाइ छ । थानी तीनवटै डिपो प्रमुख हेरफेरको निर्णय सोमबार साँझभित्रै गराउने पक्षमा थिए ।
यसैअनुरुप उनले सोमबार साँझ निगमको सञ्चालक समिति बैठक डाकेर सरुवाबारे प्रस्ताव लगेका थिए । तर, आर्थिक चाखेलको प्रसंग उठेपछि बैठक लम्बिएको र समितिका सदस्यहरुबीच विवाद भएपछि डिपो प्रमुख सरुवाको निर्णय हुन नसकेको स्रोतको भनाइ छ ।
कर्मचारी स्रोतले दिएको जानकारी अनुसार निर्देशक थानीले नेपालगन्ज इन्धन डिपोका प्रमुख दीपक घिमिरे, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका प्रमुखा नवविनोद पोख्रेल र गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख इन्दु शर्मालाई केन्द्रीय कार्यालयमा ल्याउन खोजेका छन् । उनीहरुलाई केन्द्रमा तानेपछि उक्त ठाउँमा अरुलाई पठाइने छ ।
निर्देशक थानीसँग ती डिपोमा जानका लागि आधा दर्जनभन्दा बढीले चाकडी गरिरहेका छन् । स्रोतका अनुसार नेपालगन्ज डिपोमा जानका लागि जगदीश यादव, सतिशराज ओझा र दुर्गा पछाइले पहल गरिरहेका छन् । भैरहवा कार्यालय जानका लागि कमला न्यौपाने, जगदीश यादव, मोहन शाह र चित्तरञ्जन दासले दावी प्रस्तुत गरेको स्रोतको भनाइ छ । यस्तै पोखरा कार्यालयमा जानका लागि मनोहर डिसी र मनोज ढकालले थानीको चाकडी गरिरहेका छन् ।
आकर्षक पद र माल कमाउने ठाउँका रुपमा चिनिएका यस्ता आयल निगमका डिपोमा प्रमुख भएर जान मागेको नजराना चढाउने चलन आयल निगममा पुरानै हाे । यसैका लागि पनि निर्देशक थानीले निर्वाचन आचारसंहिता विपरित अगाडीको मिति राखेर डिपो प्रमुखहरुको हेरफेर गर्न लागेको कर्मचारीहरु बताउँछन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार