बाल स्याहारमा पुरुषको भूमिका बढाउन बालसपना परियोजना लागू

नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १९:४८:३३

२१ भदौ, जुम्ला । बालसपना परियोजनाले बालबालिकाप्रति पुरुषलाई पनि महिला जतिकै जिम्मेवार बनाउन थालेको छ । सेडाले जुम्लाका २१ वटा वडामा सञ्चालन गरेका विभिन्न अवलोकन, अनुगमन र सफलताका कथाहरूले पनि पुरुषहरूले घरपरिवारमा जिम्मेवारीहरू बाँडिरहेको देखिएको हो । जसले गर्दा आमाको कामको बोझ कम गराएको पाइएको छ।
प्रारम्भिक बालविकासको महत्त्व तथा उचित स्याहारमा पुरुषको भूमिकावारे अभिमुखीकरण गराइएको छ । अभिभावकहरूले आफ्ना छोराछोरीसँग समय बिताउन थालेका छन् । उनीहरूले खेलका सामग्रीहरू पनि विकास गरेको पाइएको छ।
सेडा नेपाल जुम्लाले बालबालिका नै अभिभावको सपनाको स्कुल भएको जनाएको छ । बालबालिकाका लागि अभिभावकले पर्याप्त समय दिने, जिज्ञासा सुनिदिने र सम्बोधन गरिदिने, शिक्षकले उनीहरूको रुचिअनुसार पठनपाठन गराउने र राज्यले बालमैत्री वातावरण बनाउन लगानी गर्ने हो भने अभिभावको सपनाको स्कुल बन्ने उसको भनाइ छ ।
जिल्लास्तरीय परियोजनासम्बन्धी समीक्षा बैठकमा प्रारम्भिक बालविकास निर्देशक समितिको गठन गरिएको सेडा नेपालका संयोजक प्रेमसिहं ठकुरीले बताए । बालबालिकालाई खेल्नका लागि स्थानीय खेलाउन बनाउने तरिका विभिन्न महिला र पुरुष समूहमार्फत सिकाइएको छ ।
सेडा नेपालकी फिल्ड संयोजक मञ्जु थापाले पालिकास्तरीय समीक्षा तथा कार्ययोजना बैठक गर्दै आएको बताइन् ।उनले महिला स्वास्थ्य स्वयंसेविकामार्फत विभिन्न काम भइरहेको बताइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १५, २०८१ बिहिबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार