कांग्रेस बारामा चर्कियो विवाद, सहमहामन्त्रीद्वय चौधरी र मन्सुरका फरक-फरक सिफारिस
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार २०:१६:४८
२१ भदौ, बारा । बारा जिल्लामा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिसमा चर्को विवाद देखिएको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र नेता कृष्णप्रसाद सिटौला पक्षबीच नाम छनोट गर्ने विषयमा सहमति नजुटेपछि विवाद चर्किएको हो ।
नेताहरुमै व्यक्तिवाद र गुटगत मनोवृत्ति बढेका कारण विवाद बढ्दै जाँदा चरम गुटबन्दीसमेत भएको छ । बारामा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरको दुई गुट रहेको छ । मन्सुर सभापति देउवा निकट मानिन्छन भने चौधरी कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।
बारामा केन्द्रीय गुटको समीकरणभन्दा निकै फरक देखिएको छ । केन्द्रमा देउवा र सिटौला सँगै छन् । देउवा निकट सभापति राजेश राय यादव जिल्लामा चौधरीसँग छन् । मन्सुरले भने देउवा गुटका जिल्ला सभापतिबाहेकका अन्य नेतालाई साथमा लिएर हिँडेका छन् ।
आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका आकांक्षीहरूको नामावली सिफारिस गर्ने क्रममा कांग्रेस बारामा विवाद भएको हो । विवादपछि सभापति र उपसभापतिको छुट्टाछुट्टै बैठक बसी आ–आफ्नो पक्षका नेताको नाम सिफारिस गरिएको छ ।
उम्मेदवार सिफारिस गर्ने क्रममा विवाद हुँदा छुट्टाछुट्टै जिल्ला कार्यसमितिको बैठक बसेर नाम सिफारिस भएको कांग्रेस बाराका सचिव राजेश रौनियारले बताए । जिल्ला अध्यक्ष राजेश राय यादवले आफू अनुकूलका नाम सिफारिस गरेका छन् भने अर्को समूहका उपसभापति मनोज भट्टलगायतका कार्यसमितिले फरक नाम सिफारिस गरेको छ ।
यादव पक्षले प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उमाकान्त चौधरीको एकल नाम सिफारिस गरेको छ । उपसभापति भट्ट समूहले सहमहामन्त्री चौधरीको नाम हटाउँदै प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयशंकर यादव, शम्भुबहादुर बुढाथोकी र शैलेन्द्रकुमार फौज्दारको नाम सिफारिस गरेको छ ।
यादव समूहले प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ । भट्ट समूहले प्रत्यक्षतर्फ रामअयोध्याप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ । सभापति यादव पक्षले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुरको एकल नाम सिफारिस गरेको छ ।
भट्ट पक्षले मन्सुरसहित तीनजनाको नाम पठाएको छ । सो पक्षले ३ बाट मन्सुर, रामानन्दप्रसाद यादव र प्रभातकुमार चौरसियाको नाम सिफारिस गरेको छ । यादव पक्षले क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ शोभाकर पराजुली, सुनिलकुमार गुप्ता कलवार, लालबाबुसिंह भूमिहार, कृष्णब्रत सिंह, इच्छाबहादुर वाग्ले र राजेश्वरप्रसाद चौरसियाको नाम सिफारिस गरेको छ ।
भट्ट समूहले भने क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ लालबाबुसिंह भूमिहार, इच्छाबहादुर वाग्ले, कृष्णब्रत सिंह, कपिलदेवप्रसाद यादव र राजेश्वर चौरसियाको नाम सिफारिस गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार