राष्ट्रियसभामा डेंगु नियन्त्रण गर्न ध्यानाकर्षण
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार २०:५१:५०
२१ भदौ, काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगामी निर्वाचनमा महिला उम्मेदवारको प्रतिनिधित्व बढाउन, डेंगु रोग नियन्त्रण, अव्यवस्थित अवस्थामा रहेका सवारी साधनको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद अनिता देवकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संविधानको मर्म र भावनालाई ध्यानमा राखी प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बढाउन सम्बन्धित सबै राजनीतिक दललाई अनुरोध गरे । उनले डेङ्गु नियन्त्रणलाई लामखुट्टेको लार्भा नाश गर्ने कीटनाशक औषधि छर्कन र सचेतनाका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद दिलकुमारी रावल थापा (पार्वती) ले देशभर करिब ३६ हजार संख्या सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी विभिन्न माग राखी लामो समयदेखि संघर्षरत रहेको भन्दै उनीहरुलाई तह अनुसारको पारिश्रमिक सुविधा मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले मिटरब्याज पीडित नागरिकको समस्या समाधान गर्न पनि आग्रह गरे ।
सांसद नन्दा चपाईंले काठमाडौँ उपत्यकामा अव्यवस्थित अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न माग गरे । उपत्यकामा मात्रै एक हजार नौ सय ४९ थान सवारीसाधन अव्यवस्थित रहेको पाइएको र यसबारे दिगो व्यवस्थापनका लागि कानुनी रुपमा समाधानका लागि पहल गर्न आग्रह गरे ।
सांसद डा बिमला राई पौड्यालले जनताको करबाट तलब सुविधा लिने सार्वजनिक पदधारण गरेका सबै व्यक्ति जनताका सेवक हुन् शासक हैनन् भन्दै पदीय जिम्मेवारीमा रहेका व्यक्तिले श्रमिकमाथि गरेको व्यवहारबारे माफी माग्नुपर्ने धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार