बारा एकमा कांग्रेस एक्लै बलियो, चारमा गठबन्धनका अरु उठाए एमालेलाई फाइदा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार २२:२७:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/congress-1_bMflhmckxm.webp)
२१ भदौ, बारा । बारा जिल्लाका ४ वटा संघीय निर्वाचन क्षेत्रबाट राजनीतिक दलहरुले आ-आफ्ना दलका उम्मेदवारहरु धमाधम माथिल्लो निकायमा सिफारिस गरिरहेका छन् । बारा क्षेत्र नं. १ मा नेपाली कांग्रेसले केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीको एकल नाम सिफारिस गरेको छ । यो क्षेत्र नेपाली कांग्रेसको बलियो क्षेत्रका रुपमा पनि हेरिन्छ ।
२०७४ को निर्वाचनलाई हेर्ने हो भने तत्कालिन नेकपा माओवादी र नेकपा एमालेले गठबन्धन गरी निर्वाचनमा सहभागी हुँदासमेत नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले जीत निकालेका थिए । चौधरीले २४,४५० मत प्राप्त गर्दा गठबन्धनका तर्फका उम्मेदवार नेकपा एमालेका नेता अच्युतप्रसाद मैनालीले २२,०३० मत प्राप्त गरेका थिए । तेस्रो बनेको तत्कालिन राष्टिय जनता पार्टी नेपालका उम्मेदवार रामकिशोरप्रसाद यादवले २०,१४४ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनलाई हेर्दा तत्कालिन राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले तालमेल गरेका थिए ।
नेपाली कांग्रेसबाट उमाकान्त चौधरीको नाम सिफारिस हुँदा नेकपा एमालेले भने दुईजनाको नाम सिफारिस गरेको छ । संविधानसभा सदस्य एवं पूर्वमन्त्री पुरुषोतम पौडेल र अच्युतप्रसाद मैनालीको नाम सिफारिस गरेको छ । पौडेल २०७० को संविधानसभा निर्वाचनमा बिजयी भएका थिए भने मैनाली २०७४ को निर्वाचनमा चौधरीसँग २ हजार ४ सय २० मतान्तरले पराजित भएका थिए ।
जनता समाजवादी पार्टी नेपालले दुई जनाको नाम सिफारिस गरेको छ । रामबाबुप्रसाद कुश्वाहा र मनिष यादव दुईको नाम सिफारिस गरेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ओमप्रकाश चौधरीको नाम एकल सिफारिस गरेको छ । जसपा र लोसपाले सिफारिस गरेका व्यक्तिहरु नयाँ अनुहार हुन । सत्ता साझेदार दलबीचको गठबन्धनका तर्फबाट उम्मेदवार बन्दा अझ जीत सहज हुने देखिन्छ ।
बारा निर्वाचन क्षेत्र नं. ४ मा माओवादी र समाजवादीको अवस्था निकै कमजोर देखिन्छ । भर्खरै सम्पन्न स्थानीय तहको वडागत तथ्यलाई केलाउने हो भने समाजवादीभन्दा माओवादी केही माथि देखिए पनि जनमत माओवादीको पक्षमा देखिन्न । यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र लोसपा बीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ । जसपाकोसमेत निकै कमजोर जनमतका कारण बारा ४ मा जसपाले गठबन्धनका अन्य दललाई नै समर्थन गर्न सक्ने आंकलन गर्न सकिन्छ ।
२०७४ कै निर्वाचनलाई हेर्ने हो भने बाम गठबन्धन र तत्कालिन राष्टिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले तालमेल गरी आ-आफ्ना उम्मेदवार दिएका थिए । जसमा राजपाका उम्मेदवार एकवाल मियाँ बिजयी भएका थिए । मियाँले २२ हजार २ सय ७५ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी बाम गठबन्धनका उम्मेदवार देवनारायण थारुले २० हजार ६ सय ७ मत प्राप्त गरेका थिए । एक्लै चुनावमा गएको नेपाली कांग्रेसका उम्मेदवार लालवावुसिंह भुइहारले १४ हजार ५१६ मत प्राप्त गरी तेश्रो भएका थिए ।
निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसले डा. शोभाकर पराजुली, सुनिलकुमार गुप्ता, लालवावु सिंह भुमिहार, कृष्णव्रत सिंह, ईच्छाराज वाग्ले र राजेशप्रसाद चौरसियाको नाम जिल्लाले सिफारिस गरेको छ । पराजुली संविधानसभा सदस्य हुन भने भुमिहार २०७४ को निर्वाचनमा तत्कालिन राष्टिय जनता पार्टी नेपालका उम्मेदवार एकवाल मियाँसँग पराजित भएका थिए । डा. पराजुली नेपाली कांग्रेसभित्र बौद्धिक नेताका रुपमा पनि चिनिन्छन् । नेपाली कांग्रेसका डा. पराजुली पार्टीको पुर्वमुख्यसचिव र संसदीय दलको पुर्वसचेतक एवं संविधानसभा सदस्य समेत हुन् ।
सुनिलकुमार गुप्ता गत स्थानीय निर्वाचनमा प्रसौनी गाउँपालिकामा अध्यक्ष पदका प्रत्यासी उम्मेदवार बनेका थिए । गुप्ता ४ नम्बर निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति पनि हुन । व्यवसायी पृष्ठभूमिबाट आएका वाग्ले यस क्षेत्रका लागि नयाँ व्यक्ति, कार्यकर्ता एवं मतदाता माँझ समेत त्यति धेरै लोकप्रिय देखिन्नन् । कृष्णव्रत सिंह पहिलो स्थानीय तहको निर्वाचनमा जीतपुरसिमरा उपमहानगरको प्रमुख पदका प्रत्यासी उम्मेदवार हुन । निकै सादगी जीवनशैलीका कारण पार्टीभित्र राम्रो छवि बनाएका व्यक्ति हुन उनी । पुर्व गाविस अध्यक्ष समेत भइसकेका निकै शालिन व्यक्तित्वको रुपमा हेरिएपनि उनी जनता माँझ पुग्न नसक्ने भनेर काँगे्रसीजनहरु गुनासो गरिहेका छन् ।
नेकपा एमालेले पुनः देवनारायण थारु चौधरीको नाम एकल रुपमा पठाएको छ । शिक्षक पृष्ठभूमिबाट आएका थारु समेत एमाले भित्र बौद्धिक र सरल जीवनशैली भएका व्यक्ति हुन । २०७४ को निर्वाचनमा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थारु यसपटक भने सत्ता गठबन्धनका दलहरुका साझा उम्मेदवारसँग एक्लै भिड्नु पर्ने देखिन्छ । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, जसपा, माओवादी, समाजवादी र राष्टिय जनमोर्चाका तर्फबाट जसले टिकट पाएपनि गठबन्धनको जीत सहज देखिन्छ । अघिल्लो संघीय निर्वाचनमा बाम गठबन्धनका तर्फका उम्मेदवारको मत र हालै स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पाएको मतलाई समेत हेर्ने हो भने निकटतम प्रतिद्धन्दीका रुपमा नेकपा एमालेलाई लिन सकिन्छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट केन्द्रीय अध्यक्ष महन्त ठाकुरको नामसँगै अन्य तीन जनाको नाम सिफारिस गरेको छ । जसमा संघीय सांसद एकवाल मियाँ, सिताराम गुप्ता र शिवजी साह सोनार रहेका छन् । केन्द्रीय अध्यक्ष ठाकुर बारा ४ बाट चुनाव लड्ने पक्षमा देखिदैनन् । सद्भावका लागि मात्रै उनको नाम सिफारिस भएको पार्टीकै कार्यकर्ताहरु बताउँछन् । हाल संघीय सांसद रहेका मियाँ, गुप्ता र सोनार मध्ये एकजना उम्मेदवार हुनेछन् । जसपाकोभन्दा लोसपाको यस क्षेत्रमा राम्रो पकड रहेको छ । स्थानीय निर्वाचन र गत संघीय निर्वाचनको परिणाम हेर्ने हो भने लोसपासमेत प्रतिस्पर्धात्मक हुन सक्ने देखिन्छ । जातिय भोटको असर देखिदा काँग्रेस, एमाले र लोसपा बीच नै प्रमुख प्रतिस्पर्धा हुनेछ ।
यसै गरी जनता समाजवादी पार्टीले बारा क्षेत्र नंंं. ४ मा तीन जनाको नाम सिफारिस गरेको छ । वीरेन्द्रप्रसाद कुशवाहा, भरतप्रसाद कुर्मी र आनन्दकुमार यादवको नाम सिफारिस भएको छ । तीनै जना नयाँ अनुहार हुन ।
लोसपा
१. ओम प्रकाश चौधरी एकल कहरीचन्द्र पनिहर, जनदिश जयसवाल
ख. संजय यादव, डा. फरमुल्लह अन्सारी, उमेश जयसवाल, अरविन्द यादव, रामबाबु कुशवाह
३. संजय पाण्डे, सम्पत साह
क) साविर आलम, हरी चन्दै चौधरी
ख) सन्तोष पटेल, प्रमिला गिरी, ई. सुजित गुप्ता, मनोज चौरसिया
४. महन्त ठाकुर, एकवाल मियाँ, सिताराम गुप्ता, शिवजी साह सोनार
क) घनश्याम गिरी
ख) जितेन्द्र सोनल
र याे पनि……
![](https://i0.wp.com/www.nepalbahas.com/wp-content/uploads/2022/09/Umakanta-Chaudhari.jpg?resize=150%2C150&ssl=1)
कांग्रेस बारामा चर्कियो विवाद, सहमहामन्त्रीद्वय चौधरी र मन्सुरका फरक-फरक सिफारिस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार