रूसी दूतावास आक्रमणको निन्दा
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार २१:५२:५३
२१ भदौ, एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले काबुलस्थित रूसी दूतावासमा सोमबार भएको आत्मघाती आक्रमणको निन्दा गरेका छन् । उक्त आक्रमणमा दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको थियो ।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकले अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत कूटनीतिक नियोगहरूसहित नागरिक र उनीहरूको स्वामित्वका वस्तुहरूविरुद्धको आक्रमणलाई कडाइका साथ निषेध गरिएको कुरा दोहो-याउँदै जारी गरेको विज्ञप्तिमा आत्मघाती आक्रमणको निन्दा गरिएको छ । महासचिवले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
अज्ञात आतङ्कारीले आफ्नो दूतावासको कन्सुलर खण्डको प्रवेशद्वार नजिकै विस्फोटक पदार्थ प्रहार गर्दा दुई जना कर्मचारी मारिएका रूसी विदेश मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार दूतावासका अधिकारी अफगान सुरक्षाकर्मीहरूसँग निकट सम्पर्कमा रहेका तथा घटनाको अनुसन्धान भइरहेको छ ।
यसैबीच, पाकिस्तानले रूसी दूतावासमा भएको घातक हमलाको निन्दा गरेको छ । उक्त आक्रमणमा एक जना रूसी कूटनीतिज्ञ र अर्का एक जना अफगान नागरिकको ज्यान गएको थियो ।
पाकिस्तानी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कूटनीतिक नियोगमा भएको हमला गम्भीर चिन्ताको विषय भएको बताउँदै आतङ्वादका सबै रूप र प्रकटीकरणको पाकिस्तान सरकारले निन्दा गरेको छ ।
आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारजनप्रति सहानुभूति जनाउँदै विदेश मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै पाकिस्तानले आतङ्वाद साझा चुनौती भएकाले त्यसलाई सम्बोधन गर्न ठोस प्रयास अपरिहार्य भएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार