माओवादीलाई बाहिर राखेर सर्वोच्चमा तीन न्यायाधीश सिफारिस
नेपालबहस संवाददाता
भदौ २१, २०७९ बुधबार ०:२३:४२
२१ भदौ, काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस गरेको छ । सोमबार साँझ बसेको बैठकले दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एकजना विश्वविद्यालयका प्राध्यापकलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
तुल्सीपुर उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित र जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद शर्मालाई सर्वोच्चमा सिफारिस गरिएको हो । त्यसैगरी त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक तथा नेपाल ल क्याम्पसका चीफ प्रोफेसर डा. डीएन पराजुलीलाई पनि सर्वोच्च अदालतमा न्यायधीश सिफारिस गरिएको छ ।
तर उच्च अदालतका मुख्य न्यायाधीशहरुमध्ये वरिष्ठतम नृपध्वज निरौलालाई छुटाइएको छ । सेवा अवधि नपुगेका कारण सिफारिस गर्न नमिलेको भन्दै उनलाई छुटाइएको हो । मुख्य न्यायाधीशमा पाँच वर्ष सेवा गरेको हुनुपर्नेमा उनको जम्मा दुई वर्ष मात्रै भएकाले छुटाइएको स्रोतले जनाएको छ ।
बैठकमा माओवादी निकटमध्ये बारका पूर्व पदाधिकारी तथा कानुन व्यवसायी दिनमणि पोखरेलको नाममा निकै चर्चा भएपनि उनलाई समेत नियुक्ति नगरिएकाले माओवादी गठबन्धनसँग चिढिएको छ । ‘प्रधानमन्त्री आफैले सिफारिस, प्रकृयामा हस्तक्षेप गरेका छन्’, माओवादी निकट एक नेताले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार