बङ्गलादेशकी प्रधानमन्त्री हसिना र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता
नेपालबहस संवाददाता
भदौ २१, २०७९ बुधबार ४:३०:२४
२१ भदौ, काठमाडौं। बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले मङ्गलबार नयाँ दिल्लीमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवनमा शेख हसिनालाई स्वागत गरेपछि राष्ट्रपतिले मुर्मुले “हाम्रो साझा इतिहास, भाषा र संस्कृतिले हामीलाई एकअर्कासँग जोडेको “ भनेकि छन् । सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा भारत र बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्ध निकै अगाडि बढेको राष्ट्रपति मुर्मुले उल्लेख गरिन्। उनले दुई देशले बङ्गलादेशको स्वतन्त्रताको ५०औँ वर्ष र भारत–बङ्गलादेश द्विपक्षीय सम्बन्धको स्वर्ण जयन्ती मनाउने तरिका साँच्चिकै विशेष रहेको उल्लेख गरेकि छन् ।
यी ऐतिहासिक उत्सवहरूमा भाग लिन भारतका राष्ट्रपति र प्रधानमन्त्री दुवैको भ्रमणले भारतको ठूलो महत्व देखाउँछ । बङ्गलादेशले आफ्ना जनताको सामाजिक–आर्थिक समृद्धिमा ठूलो सफलता हासिल गरेकोमा राष्ट्रपति मुर्मुले खुसी व्यक्त गरिन् । उनले भारतले बङ्गलादेशको विकास यात्रामा भरपर्दो साझेदारको रूपमा निरन्तरता दिने आश्वासन समेत दिएकि छन् ।
राष्ट्रपतिले भनिन्, “हाम्रो सम्बन्ध सधँै सहयोग र आपसी विश्वासको भावनाले निर्देशित भएको छ । महामारी र वर्तमान अन्तरराष्ट्रिय परिस्थितिले विश्वव्यापी संकटसँग जुध्न भारत र बङ्गलादेश आर्थिक रूपमा थप जोडिनुपर्छ । उनले ले यो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरेकि छन् । राष्ट्रपतिसँगको भेटपछि बङ्गलादेशकी प्रधानमन्त्रीले उपराष्ट्रपतिसँग भेट गरी दुई देशका जनताको हितमा सम्बन्धलाई अगाडि बढाउने साझा प्रतिबद्धता दोहोर्याएकि छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार