भूकम्प जाँदा कोभिडले घरमै थुनिएका चेङ्दुका स्थानीयको सरकारविरुद्ध आक्रोश
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार १३:५९:२५
२२ भदौ, काठमाडौं। भूकम्प प्रभावित चिनियाँ सहर चेङ्दुका केही बासिन्दाहरूलाई कोभिड तालाबन्दीको कारण आफ्नो परिसरबाट भाग्न रोकेको भन्दै सरकारविरुद्ध आक्रोश पोखेका छन् ।
चेङ्दुका केही मानिसले ६.६ म्याग्निच्युडको भूकम्प जादा आफूहरु भित्रै बस्न बाध्य भएको गुनासो गरेका छन् । भूकम्पका कारण कम्तीमा ६५ जनाको ज्यान गएको छ । प्रतिबन्धका कारण आफूहरु बाहिर निस्कन नपाएको उनीहरुले गुनासो गरेका छन् ।
फेरि कोभिड फैलिएपछि सरकारले २ करोड १० लाख जनसंख्या भएको चेङ्दुमा लकडाउन घोषणा गरिएको छ । चीनको कोभिड शून्य नीतिका कारण बारम्बार विभिन्न सहरमा लकडाउन जारी हुने गरेको छ, जसको चपेटामा सर्वसाधारण परेका छन् । भूकम्पको धक्का महसुस गरेपछि आफ्नो ३० तलाको भवनबाट तल झरेको तर प्रतिबन्धका कारण गेटबाट बाहिर निस्कन नपाएको गुनासो गरे ।
सिचाआन प्रान्तमा स्थानीय समयअनुसार मंगलबार १ बजे भूकम्प गएको थियो । भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ ।
भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार